नक्कली शरणार्थी बनेर नेपालीहरु अमेरिकी जेलमा
नेपालीलाई अमेरिका पठाउँदा लाखौँ असुली
काठमाडौं, नेपालमा द्वन्द्वकाल सकिए पनि मानव तस्करहरुले द्वन्द्वकालका नक्कली कागजात बनाएर नेपालीलाई शरणार्थीको रुपमा अमेरिकी जेलमा सड्न बाध्य बनाएका छन् । अमेरिका जाने नेपालीहरुलाई भुटानी शरणार्थी र नेपाली शरणार्थी बनाएर काठमाडौंका कुमार श्रेष्ठले लाखौँ सम्म असुल्ने गरेको श्रोतले जानकारी दिएको छ ।विश्वका विभिन्न मुलुक हुँदै अमेरिकी जेलमा परेपछि कम्तीमा ४ महिनापछि उनीहरु जेलमुक्त हुने र शरणार्थीको कार्ड पाएपछि काम गर्ने गरेका छन् ।
अमेरिकाको जेलमा परेपछि वकिलको माध्यामबाट उनीहरुले छुटकारा पाउने गर्दछन् । गरिबको घरखेत हुने गरी रकम असुलेर अमेरिकी जेलमा सडेका नेपालीहरुको घरपरिवार विचल्लीमा परेका छन भने अमेरिकामा स्पोन्सरले जिम्मा लिएपछि उनीहरु जेलमुक्त हुने र दलाल देखि स्पोन्सरसम्मले मानव तस्करी गरेको रकम बाँडेर खाने गरेका छन् ।
माओवादी युद्धदेखि अहिलेसम्म दलालहरुले यसरी अवैध रुपमा मानव तस्करी गरिरहँदा नेपाल र अमेरिकी सरकारले भने मानव वेचविखन रोक्न कुनै कदम चालेका छैनन् । पिएम समाचारदाता ।
0 comments
Write Down Your Responses