भारतीय क्रिकेट टिमका कप्तान धोनी बने छोरीका पिता

विश्वकप क्रिकेट शुरु हुन केही हप्तामात्र बाँकी रहँदा भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी छोरीका पिता बनेका छन् । उनका पत्नी साक्षीले शुक्रबार ४ बजेतिर गुरगाउको निजी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । डाक्टरहरुले छोरी मार्च महिनामा जन्मने भने पनि एक महिनाअघि नै जन्मेको छ । धोनीको परिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले छोरीको स्वस्थ रहेको र जन्मदा उनको तौल २.५ केजीको रहेको बताएको छ ।
छोरी जन्मदा धोनी साथमा नभए पनि उनका आमाबुवा भने सँगै थिए । उनीहरु शुक्रबार बिहानदेखि नै अस्पतालमा रहेका थिए । फेब्रुअरी १४ देखि शुरु हुने विश्वकप क्रिकेटको तयारीका लागि अस्ट्रेलियामा रहेका धोनीलाई फोनबाट खुसीको खबर सुनाइएको थियो । धोनीका पहिलो प्रशिक्षक केआर बेनर्जीले छोरी जन्मनु लक्षणको कुरा बताउँदै यसले विश्वकपमा उनका लागि भाग्य साथमा लिएर आएको प्रतिक्रिया दिएका छन् । -

0 comments

Write Down Your Responses