शहिद दिवसमा सुर्खेतमा गजल सा“झ सम्पन्न


सुर्खेत । मध्यपश्चिमाञ्चल गजल मञ्च वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको प्रायोजनमा शहिद दिवस २०७१ को अवसरमा सुर्खेतमा पहिलो पटक गजल साँझ सम्पन्न भएको छ । होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको सभा हलमा सम्पन्न भएको उक्त कार्यक्रममा सुर्खेत दैलेख जाजरकोट र अछामका गजलकारहरुले आ–आफ्ना गजल प्रस्तुत गरेका थिए । गजलकार महेन्द्र चन्द महासागर, भरत रोदन सावद, बासुदेब पाण्डे प्रभाकर, ऋषि शर्मा सुदामा, कृष्ण विरही जलन, विद्या निर्दोष पहाडी, गणेश कञ्चन थापा, खगेन्द्र अटल, धिरेन थापा अनुपम, यामु सहयात्री, निमा गुरुङ, सन्देश कठायत लगायतका स्रष्टाहरुले गजल वाचन गरेका थिए । होटल वाटीका रेष्टुरेण्ट एण्ड बारको तर्फबाट बोल्दै प्रोपराइटर लोकन्द्र वलीले भने – आउँदा दिनहरुमा पनि संस्थाहरु संग सहकार्यमा हामी यस्ता कार्यक्रमहरु गर्दै लैजाने छौ । उनले थपे – अब देखी हाम्रो होटलमा गजलकारहरुलाई १५ प्रतिशत छुटको व्यवस्था ग¥यौं । सुर्खेतमै पहिलो पटक भएको गजल साँझ कार्यक्रम साँझ ६ बजेदेखी ९ बजेसम्म संचालन भएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि समालोचक डा. दीपक गौतम थिए भने अन्य अतिथिहरुमा वाङ्मय चौतारी नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतम, छन्दकवि टिकाप्रसाद पोख्रेल लगायत रहेका थिए । संस्थाका उपाध्यक्ष सन्देश कठायतको शब्द स्वा - See more at: 

0 comments

Write Down Your Responses