बहराईनमा युवा कवी रावत आउँदै
नारायण रपाल विश्वकर्मा , बहराईन – १० फरवरी, हाम्रो पहिचान र परिचय भनेको नेपाली हो । त्यही पहिचान र परिचय संग जोडिएर आउने भाषा, संस्कृति, र कला(साहित्यले हामीलाई फुट्न होईन एकआपसमा जुट्नको लागि प्रेरणा दिन्छ ।
देश भन्दा कोसौं टाढा रहेर पनि आफ्नो पहिचान, परिचय र मौलिकताप्रति प्रतिबद्ध अन्तराष्ट्रिय कलाकार समाज बहराईन ले यही आउदो फरवरी २० तारिख समकालीन नेपाली साहित्यका प्रखर युवा कवि राम बहादुर तमाङ ूराबतू को एकल कविता वाचन कार्यक्रम गर्ने भएको छ ।
बहराईन मा पहिलो चोटि हुन लागेको एउटा भिन्नै किसिम को साहित्यिक कार्यक्रम को लागि रोजगारको सिलसिलामा बहराईनमा रहनुहुने सम्पूर्ण नेपालीहरू लाई उपस्थिती को लागि अन्तराष्ट्रिय नेपाली कलाकार समाज ले हार्दिक आग्रह सहित सादर निमन्त्रणा गरेको छ ।
२० फेब्रुअरी २०१५
स्थान चेम्बर अफ कमर्स हल, मनामा बहराईन
समयस् दिनको ३ बजे



0 comments
Write Down Your Responses