फ्रान्सस्थित नेपाली दूताबासका उपप्रमुख रामबाबु ढकालको करोडौं रुपैया भ्रष्टाचार र यौन दूब्र्यबहार


काठमाडौं । फ्रान्सस्थित नेपाली दूताबासका उपप्रमुख रामबाबु ढकालको करोडौं रुपैया भ्रष्टाचार र यौन दूब्र्यबहारसंगै गम्भीर प्रकृतिको अपराधमा समेत संलग्न भएको खुलासा भएको छ । यस अनलाईनलाई प्राप्त नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानले शंकाको सुइ ढकालतर्फ सोझाएको छ । 

सुन्दापनि पत्यार नलाग्ने अपहरणको डिजाइन ढकालले नै बनाएको शंकामा हाल सीआइबीले अनुसन्धान गरिरहेको छ । राजधानीमा रहेकी एक बालिकालाई अपहरण गर्ने र ज्यान मार्ने धम्कीको फोन आयो । भारतीय नम्बरबाट फोन आएपछि पेरिसमा रहेको परिवारमा सन्त्रास छायो । तत्कालै नेपाल प्रहरी र फ्रेन्च प्रहरीलाई अनौपचारीक जानकारी दिइयो । राजधानीमा रहेकी अबोध बालिका नेपाल प्रहरीको सुरक्षँ घेरामा रहिन । सुस्म अनुसन्धानपछि धम्की दिने व्यक्ति मनिष मानन्धर पक्राउ परे । 
पक्राउ परेका मानन्धरले फ्रान्सस्थित नेपाली दूताबासकी सेक्रेटरी श्रृजना श्रेष्ठको आदेशमा भारतीय नम्बर प्रयोग गरी धम्काएको बयान प्रहरीसमक्ष्ँ दिए । प्रहरीको कल डिटेल अनुसार मानन्धर र दूताबासकी सेक्रेटरी सृजनाबीच भाइबर र फोनको पटक पटककको लम्बे सम्पर्क देखीएको थियो । अनुसन्धान पेरिसतर्फ सोझाउन फ्रान्सेली प्रहरीले अपराध अनुसन्धानमा अनौपचारीक समन्वय गरिदियो । नेपाल प्रहरीले मानन्धरलाई पक्राउ गरेपछि फ्रेन्चप्रहरीलाई सृजनाको नम्बर दिएको थियो । पछि फ्रान्सेली प्रहरीले श्रृजनाको कलडिटेल लि“दा त्यही नम्बरबाट सृजना र रामबाबु ढकालको नियमीत सम्पर्क देखीएको बिबरण अनौपचारीक सुत्रबाट उपलब्ध गराइदियो । कुटनीतिक घटनाक्रम भएकाले धन्न देशकै बद्नाम हुने मुद्दा औपचारीक रुपमा फ्रान्सेली प्रहरीमा पनि परेन तर नेपाल प्रहरीको सीआइबीले भने अहिलेपनि अनुसन्धानको सुई ढकालतर्फै मोडेको छ । यो डरलाग्दो अपराध बिबरणको मुद्दा हालपनि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा रहेको छ । 
 दूताबासलाई प्रहरीले सृजना संलग्न रहेको सूचना दिएपछि उनी सेक्रेटरीको जागीर छाडेर फरार भइन । फरार श्रृजनाको खोजीका लागि दूताबासले सुचना निकाल्ने तथा परराष्ट्रमा समेत खबर गरेको थियो । २ घण्टा ढकालको कोठामा बसेर डिजाइन कोरेपछि श्रृजना सम्पर्कबिहीन भइन तर उनको प्रेम रामबाबु ढकालसंग झांगीसकेको थियो । अमेरिकी पीआर होल्डर ढकालकी श्रीमती त्यतिबेला उतै रहेकाले ढकाल र श्रेष्ठबीच घुमघाम तथा गोप्यकर्म जारी नै रह्यो । १३ मे २०१४ मा ढकाल सृजनालाई लिएर एफेल टावरको छेउमा दूताबासको थोत्रो गाडीमा मस्ती गरिरहेको केही नेपालीले देखेका थिए । सृजनालाई आफ्नो गाडीमा राखेर ठा“उ ठाउ“मा ढकालले घुमाइरहेको खबर थाहा नपाउने पेरिसमा नेपाली बीरलै मात्र रहे । रक्सी नखाएपनि नया“ नया“ गर्ल फ्रेण्डका पारखी ढकालले चार महिनापछि अपहरण अपराधमा लागेको र प्रहरी अनुसन्धानकै दायरामा रहेकी श्रृजनालाई अगष्ट २०१४ मा पुर्नबहाली गराए । स्रोतको अनुसार श्रृजनासंगको यौन स्वार्थसंगै ढकालले केही महिनाको तलबसमेत आधा खाइदिएका थिए । हाल ढकालको परिचय दूताबासभित्रैपनि नामुद यौन दूराचारीका रुपमा चर्चित बनेको छ । हाल पेरिसस्थित नेपाली र दूताबासको तल्लो तहका कर्मचारीबीच ढकालको यौन काण्ड हासोमजाकको बिषय बन्न थालेको छ । किन ढकालले उक्त अपहरण काण्ड रचेका थिए भन्ने वृहत खुलासा हामी लगातार गर्दै जानेनै छौं । दूताबासबाटै भएको उक्त अपहरणकाण्ड निकै संबेदनशील रहेको र कुटनीतिक वृतनै बद्नाम हुने भएकाले संबेदनशीलतालाई ख्याल गर्दै कदम चाल्ने नेपाल प्रहरीले तयारी थालेको छ । पोर्चुगलमा नेपाली कामदार पठाउने श्रम स्विृकती दिएर एकमुस्ट ७ करोड र फुटकर कोटाबाट २ करोड रुपैंया असुलेका ढकालले हाल कोटै बिच्छे स्विकृती दि“दै लाखौं कुम्लाउ“ने काम जारी नै राखेका छन् । हालैमात्र ढकालकै डिजाइनमा एकजना मेनपावर व्यबसायी फ्रान्सहु“दै पोर्चुगल छिरेका छन् । 

ढकालको सेटिबमा भइरहेको पोर्चुगलमा कामदार पठाउदा श्रमीकले सास्ती पाएकोबारे अख्तियारले पनि अनुसन्धान गरिरहेको छ । कामदार पठाउन नक्कली श्रम स्विकृती बनाउने, पोर्चुगल पुगेपछि श्रम स्विकृती फेनेर्, कामदारलाई बढी काम लगाउने र बिरोध गर्नेलाई कृषि फँर्मभित्रै कुट्ने, ढकालले कमिशन खाएपछि नेपाली मेनपापरले पोर्चुगल पढाउन २० लाखसम्म उठाउने गरेको गुनासो बढ्न थालेको छ । नेपाली श्रमीकको सपनामा माफियाको यूरोले होली खेलेका ढकाललाई भने नेपालीले पाएको दुखको छोएको छैन । बरु हाल ढकाल स्वयं मेनपावर एजेण्टको सम्पर्क व्यक्ति बनेका छन् । श्रम स्विृकती तुरुन्तै दिलाउने र घुस खाने ढकाललाई नया“ राजदूत अम्बीका लुइटेलले अंकुश लगाउनुको सट्टा उल्टो कमिशन बा“डेर खान थालेको चर्चा नेपालीमाझ चुलिन थालेको छ ।
 नया“ राजदूत पेरिस आउ“नु एकसाता अघिमात्र खरदारको भरमा दूताबास छाडेर ढकाल स्वयं रकम असुल्न पोर्चुगल पुगेका थिए । दूताबासको सेवालाई ढकालले दलाल र माफियालाई बिक्रीमा राखेपछि नेपालीहरु आश्चर्यमा परेका छन् ।
sorce : www.newsabhiyan.com 

, ,

0 comments

Write Down Your Responses