बाह्र वर्षपछि पूर्व प्रहरी महानिरीक्षक खरेललाई सफाइ
काठमाडौँ - भ्रष्टाचारको अभियोग मुद्दा खेप्दै आएका पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले १२ वर्षपछि सर्वोच्च अदालतबाट सफाइ पाउनु भएको छ ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले विषेश अदालतले गरेको फैसला सदर गर्दै उहाँलाई सफाइ दिएको हो ।
पूर्व प्रहरी महानिरीक्षक खरेलले रु एक करोड ६९ लाख गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामा विषेश अदालतले उहाँको आयआर्जनभन्दा रु दुई लाख ६८ हजार कम देखिएकाले भ्रष्टाचार गरेको भन्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।
0 comments
Write Down Your Responses