स्याङ्जाली ख्याम दास र बाबुराम सुबेदीको संयुक्त एल्बम बजारमा
खिमलाल, दुबई - आफ्नो जन्म भुमि छोडेर प्रदेशमा पलायन भएका लोक पारखीहरु अहिले आफ्नो मन भित्र गुन्जियाका पिडा बेदना गीत संगीत मार्फत बाहिर ल्याउने गरेका छन् | यस्तै यस्तै बेदनाले भरिपुर्ण एकल लोक गीति संग्रह हो ’’भाचिएको मन’’ हालसालै तपाइँ हाम्रो बजारमा सर्बत्र उपलब्ध छ |
जसमा स्याङ्जा जिल्लामा जन्मनु भएका नया प्रतिभाशाली कलाकार ख्याम दासको शब्द संकलन रहेको छ भने बिभिन्न लोक तथा दोहोरी गीतमा लय शब्द गर्दै आउनु भएका तपाइँ हाम्रै चिर परिचित लाखौ श्रोताका मुटुको धड्कन बनि सक्नु भएका बाग्लुंगे ठिटो भनेर चिनिने बाबुराम मुस्कान सुवेदीको उत्कृष्ट लय रहेको छ |
जसको एरेन्जर रमेश सेन्चुरीले गर्नु भएको छ भने प्रिज्म डिजिटल रेकर्डिङ् स्टुडियो मार्फत जे आर सी मिडिया प्रालिले बजारमा ल्याएको छ | जसमा चर्चित गायक पुस्कल शर्माले स्वर दिनु भएको छ | खोजि खोजि सुन्न नभुल्नुहोला र सो आर बि टि राख्न नभुल्नुहोला |
प्रदेशमा रहेता पनि आफ्नो जागिरे जिबनको बाबजुत पनि लोक संगीतलाई माया गर्ने लोक पारखिहरुको कमि भने भएको छैन |
नया नया लोक संगीत प्रेमीहरुले आफ्ना सृजनालाई गीत र संगीत मार्फत आफ्ना बेदना, रचना ,तपाइँ हामि सामु ल्याउने गरेको पाइन्छ | बिदेशी भूमिमा रहेता पनि आफ्नो संस्कृतिलाई जोगाउनु पनि यो हामि नेपालिहरु लागी खुशीको कुरा हो |
लय शब्द संकलक सुबेदीका अनुसार आफु लोक पारखी भएको कारणले यो क्षेत्रलाइ निरन्तरता दिईरहने बताउनु भएको छ | आउदा दिनहरुमा पनि यस्तै यस्तै नया नया मार्मिक लय शब्द हरु श्रोता समू ल्याउने उहा बताउनुहुन्छ |
0 comments
Write Down Your Responses