स्वास्थ्य क्षेत्रको बिकास गर्न सरकार लागेको छ स् मन्त्रि पौडेल

प्रदिप गौतम, बारा युवा तथा खेलकुद मन्त्रि पुरmषोत पौडेलले स्वास्थ्य क्षेत्रको बिकासमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । बाराको सदरमुकाम कलैयामा नेपाल स्वास्थय प्राबिधिक संघ बाराको ८औ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रि पौडेलले यस्तो कुरा बताउनुभएको हो । खेलकुद, स्वास्थ्य र सहकारिले गाउ“को बिकासमा मह्त्पुर्ण भुमिका निवार्ह गरेको भन्दै मन्त्रि पौडेलले स्वास्थ्य क्षेत्रको बिकास गर्न सरकार दृढ भएर लागेको बताउनुभयो । स्वास्थ्यकर्मिहरmले स्वास्थ्य संस्था मार्फत सेवानै अवरmद्ध पारि गरिने आन्दोलन उचित नभएको भन्दै मन्त्रि पौडेलले स्वास्थ्यकर्मिहरmको मागको बिषयमा सरकार सकरात्मक रहेको बताउनुभयो । मन्त्रि पौडेलले स्वास्थ्य क्षेत्रको बिकास कसरि गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रिपरिषदमा समेत छलफल भईरहेको बताउनुभएको छ । मन्त्रि पौडेलले शिक्षा, स्वास्थ, कृषि र पर्यटन राज्यको बिशेष प्राथमिक्तामा परेको बताउनुभएको छ ।

,

0 comments

Write Down Your Responses