<ताइवनमा फेरी विमान दुर्घटना बेपत्ता भएकाहरुको पनि मृत्यु भएको आशंका
ताईवानमा भएको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । दुर्घटनामा परेका मध्ये ८ जना बेपत्ता छन भने १५ यात्रुको सकुशल उद्धार गरिएको छ ।
५३ यात्रु र चालकदलका ५ सदस्य ताईवानको किनम्यान टापुका लागि उडेको ट्रन्स एसिया एयरवेजको जहाज पुलमा ठोकिएर नदीमा खसेको ताइवानको केन्द्रिय समचार एजेन्सीले जनाएको छ ।
बुधबार १० बजे ५५ मिनेटको समयमा उडान भरेको बिमान लगत्तै दुर्घटनामा परेको थियो । एटीआर ७२ टर्बो प्रोप विमान ताइपेइको सोङ्गसान विमानस्थालबाट किनमेन द्वीपका लागि उड्ने वित्तिकै दुर्घटनामा परेको थियो।विमान दुर्घटना हुने बेला सडकमा गुडिरहेका कारबाट खिचिएका भिडियोहरुमा उक्त विमानले एउटा ट्याक्सीलाई ठक्कर दिएर पुलमा अड्किएको र त्यसपछि नदीमा खसेको देखिएको छ। गत वर्ष जुलाइमा ट्रान्सएसिया विमानसेवाकै विमान दुर्घटनामा ४८ जना मानिसले ज्यान गुमाएका थिए।

0 comments
Write Down Your Responses