तेल व्यवसायीको पैसाले राप्रपामा बबन्डर

अध्यक्षले मन्त्री थापा र केसीका फिर्ता बोलाउने तयारी काठमाडौं । अस्थिर सरकारको मौका छोप्दै आफ्नो झोली भर्ने काम कर्मचारी र सुरक्षा निकायका केही भ्रष्टहरुले गर्ने गरेका प्रमाणहरु सार्वजनिक भए पनि पछिल्लो समयमा अकुत सम्पत्ति भएका मन्त्री समेत व्यवसायीबाट ठूलै रकम लिएर कर्मचारी हटाउने गरेको समेत खुलासा भएको छ । नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी रमेशकुमार तमाङलाई रंगेहात घुष लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले कठालो समाएर सार्वजनिक गरेको केही दिन नवित्दै मन्त्री र मन्त्रालयका सचिबको समेत संलग्नतामा नेपाल आयाल निगमका कार्यकारी निर्देशकलाई पदबाट हटाएपछि आपुर्तिमन्त्री सुनिलबहादुर थापा, राज्यमन्त्री गीरिबहादुर केसी बाणिज्य मन्त्रालयका सचिब नारायणगोपाल मलेगु, सहसचिब दीपक सुबेदी र बोर्डका सवै सदस्यहरुको नियत प्रष्ट हुन पुगेको छ । 

 आयल निगमबाट प्राप्त विवरण अनुसार कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई पदबाट हटाउन र तेल चोर्ने ट्याङकरका सञ्चालकमाथी लागेको मुद्दा खारेजी गरेको खण्डमा दुइ किस्तागरि रकम बुझाउने सहमती भएपछि पहिलो चरणमा भट्टलाई हटाएको बताइएको छ । भट्टलाई सो पदबाट हटाए वापद राष्ट्रिय प्रजातन्त्र पार्टीलाई केही प्रतिशत, मन्त्रीद्वय थापा र केसी अनी बाँकी सचिब, सहसचिबका साथै बोर्डका सदस्यलाई दामासायी रुपमा भागबण्डा गर्ने गरि रकम लिएको निगम स्थित एक उच्च स्रोतले जनाएको छ । सो स्रोतका अनुसार पहिलो चरणमा व्यापारीले ५ करोड ३३ लाख ५० हजार १ सय रुपैयाँ बुझाएपछि भट्टलाई हटाई आफुले भनेको मान्ने ‘मन्त्रीद्वाय भक्त’ सडक विभागका इन्जिनियर गोपालबहादुर खड्कालाई निगमको कार्यकारी निर्देशकमा लगेको बताईएको छ ।

0 comments

Write Down Your Responses