विश्वकपको पहिलो खेलमा श्रीलंका पराजित
काठमाडौं । विश्वकप क्रिकेटका समूह चरणको पहिलो खेलमा अघिल्लो संस्करणको उपविजेता श्रीलंका आयोजक न्युजिल्याण्डसँग ९८ रनले पराजित भएको छ । शनिबार बिहान क्राइष्ट चर्चमा भएको खेलमा न्युजिल्याण्डले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.१ ओभरमा २३३ रनमा अलआउट भयो ।
श्रीलंकाका लाहिरु थिरमानेले सर्वाधिक ६५ रन बनाए भने एन्जेलो म्याथयुजले ४६, कुमार सांगाकाराले ३९, तिलक रत्ने दिल्सानले् २४ रनको योगदान गरेका थिए ।
यस्तै रंगना हेराथले १३, दिमुथ करुणारत्नेने १४ र नुवान कुलसेकराले १० रन बनाउँदा माहेला जयबद्र्धने शून्य रनमा आउट भएका थिए ।
0 comments
Write Down Your Responses