मोर्चालाई गरेको आग्रह पछि राजनीतिक समस्या झन् बढ्यो

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा आउन भन्दै विपक्षी एमाओवादी सहितका मोर्चालाई गरेको आग्रह पछि राजनीतिक समस्या झन् बढेको छ । तत्काल वार्ताको सम्भावना समेत नदेखिएको मोर्चाका संयोजक प्रचण्डको भनाई छ , स्रोतले न्युज अभियानलाई भन्यो । 
एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा विगतमा भएका सहमतिलाई संस्थागत गर्ने र संविधानसभामा सुरु भएको प्रक्रिया स्थगित गर्ने कुनै प्रतिबद्धता नभएको भन्दै अहिलेकै अवस्थामा वार्ता हुन नसक्ने जनाएको हो । एमाओवादी प्रवक्ता दिननाथ शर्माले प्रधानमन्त्रीको वक्तव्य अमूर्त र विपक्षीको आन्दोलनलाई दिग्भ्रमित बनाउने खालको भएको प्रतिक्रिया दिएका छन् । 
उनले सत्तारुढ दलहरुले विगतमा भएका १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र त्यसपछि विभि न्न चरणमा भएका सम्झौताहरुलाई संविधानसभामार्फत संस्थागत गर्ने र सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता आएमात्रै वार्तामा बस्न सकिने जनाएका छन् ।
 प्रक्रियामा जानकै लागि पनि दलहरुबीच सहमति चाहिने भन्दै एमाओवादी मोर्चा सभाध्यक्ष सुवास नेम्वाङ नेम्वाङले सत्तारुढ दलको प्रवत्ता बनेर प्रश्नावली समिति बनाएको आरोप लगाउँदै अहिले आन्दोलनमा केन्द्रीत भएको बुझिएको छ ।

0 comments

Write Down Your Responses