विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानको जित

तर त्यपछिको ओभरमा उसले २ विकेट गुमायो । ८५ रन बनाएको अवस्थामा उसले तीन विकेट गुमाएको थियो । तर त्यसपछि ९७ रनमा पुगेको अवस्थामा ७ जना ब्याट्सम्यान पेभेलियन फर्कै । सेनवारीसँगै ओपनर जावेद अहमदीले ५१ रनको पारी खेले ।
उता स्कटल्यान्डका रिची ब्यारिंगटनले सर्वाधिक चार विकेट झारे । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १० विकेट गुमार्इ पूरै ५० ओभर खेलेर २१० रन बनायो । शुरुआतमै स्कटिस टिमले ३ विकेट गुमाएको अवस्थामा ४० रन बनाएको थियो । स्कटल्यान्डको तर्फबाट आठौं विकेटका लागि २८ रन जोडेकामाजिद हक र ३१ रन जोडेका एलाडर इवन्स साझेदारीले टिमलार्इ २ सय रनमाथि पुर्यायो । उसका लागि म्याट म्याघनले पनि ३१ रन जोडे । अफगानिस्तानका लागि सपुर जरदानले ४ विकेट लिए । त्यसैगरी दलवत जरदानले पनि ३ विकेट लिए ।
स्कटल्यान्डले यो विश्वकपमा अहिलेसम्म गतिलो खेलेको यही खेल हो । उसले यो विश्वकप अघि सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्द र्वाधिक १८६ रन बनाएको थियो । यो हारले दोस्रो विश्वकप खेल खेलिरहेको स्कटल्यान्डले विश्वकपमा पहिलो जित निकाल्ने सपना पनि पुरा भएन । उता अफगानिस्तानले भने तेस्रो खेलमा पहिलो जित निकाल्यो ।
0 comments
Write Down Your Responses