प्रधानमन्त्रीको वक्तव्य सकारात्मक
काठमाडौँ - एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले प्रधानमन्त्री सुशील कोइरालाले निकालेको वक्तव्य सकारात्मक भएको बताउनुभएको छ ।
रिपोर्टस क्लव नेपालले आज आयोजना गरेको कार्यक्रममा सत्तापक्षले प्रक्रियाको बाटोलाई रोके आफूहरु सडक आन्दोलन छाडेर वार्तामा आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो वक्तव्यले वार्ताको सम्भावनालाई प्रष्टरुपमा देखाएको छैन, अपूर्ण छ तर ३० दलीय मोर्चाको बैठक बसेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गछौँ ।”
बाह्रबुँदे सहमति र विगतका शान्ति सम्झौता कार्यान्वयन हुने वक्तव्य आए आफू वार्तामा बस्ने तर आन्दोलन रोक्नमात्र वार्ता गर्ने भए आफूहरु वार्तामा नबस्ने उहाँले बताउनुभयो ।
सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले प्रधानमन्त्रीकोे वक्तव्य झारा टार्ने भएको भन्दै तत्काल वार्तामा बस्न नसक्ने बताउनुभयो ।
a उहाँले भन्नुभयो “प्रधानमन्त्रीले निकालेको वक्तव्य हामीले राखेको माग सम्बोधन गर्ने खालको छैन ।”
उहाँले बहुमतीय आधारमा प्रश्नावली बनाएको भन्दै उक्त समिति खारेज नभएसम्म वार्तामा नबस्ने बताउनुभयो ।



0 comments
Write Down Your Responses