ल्यान्डमार्क टिम च्याम्पियन

काठमाडौं । ल्यान्डमार्क एजुकेसनल फाउन्डेसन स्कुलले चौथो विद्यालयस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन ल्यान्डमार्कले ५ स्वर्ण जित्यो । काठमाडौं जिल्ला खेलकुद विकास समिति, नेपाल क्योकुसिन कराते डो संघ, सिनामंगल उप डोजो तथा ल्यान्डमार्कद्वारा संयुक्त आयोजित प्रतियोगितामा ३ स्वर्ण जितेको ब्रिजवाटर इन्टरनेसनल स्कुल दोश्रो भयो । 
पुरुषमा रामभक्त मेमोरियल स्कुलका रुकेश मकै तथा महिलामा ल्यान्डमार्ककी मनीषा भारती उत्कृष्ट खेलाडी घोषित भए । दुवैले २ हजार ५ सयका दरले नगद पुरस्कार पाए । सिनामंगलस्थित ल्यान्डमार्ककै प्राङ्गणमा भएको प्रतियोगिताको पुरुष २५ केजीमा गुह्ेश्वरीका समिर धिमाल, ३० केजीमा एम्बिएन्स स्कुलका निरज भुजेल, ३५ केजीमा ब्रिजवाटरका उमेश चौधरी, ४० केजीमा ल्यान्डमार्कका विवेक तामाङ, ४५ केजीमा ल्यान्डमार्कका निमा तामाङ तथा ५० केजीमा ल्यान्डमार्कका निरोज श्रेष्ठले स्वर्ण जिते । 
महिलाको ३० केजीमा ल्यान्डमार्ककी जानकी रोकाया, ३५ केजीमा पारिजातकी ममता योञ्जन, ४० केजीमा ब्रिजवाटरकी रोजिना कार्की, ४५ केजीमा ल्यान्डमार्ककी बोरिस राज जनक श्रेष्ठ तथा ५० केजीमा ब्रिजवाटरकी रोनिशा सिंह पहिलो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, काठमाडौं महानगरपालिकाका उप निर्देशक सनतकुमार थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थपलिया र कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 त्यसअघि प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आयोजक उप डोजोकी प्रमुख सन्जु महर्जनलाई खेल सामाग्री प्रदान गरी उद्घाटन गरेका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता क्योकुसिनका वीरमान लामा, प्रयोजक कोलिन पुरी र शिवशरण शाहीलगायतलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । एकदिने प्रतियोगितामा १ सय ३० खेलाडीले ११ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

0 comments

Write Down Your Responses