प्रवासी सिङगिङ आईडलमा १० जना छनोट
घनश्याम पराजुली, दोहा - प्रवासी नेपाली सांगितीक परिवार र समाज सेवा अभियान रुपन्देहीको संयुक्त आयोजनामा कतारमा आयोजित प्रवासी नेपाली सिङगिङ आईडलको चौथो राउण्डबाट गायन क्षेत्रका २० जना प्रतिस्पर्धी मध्ये टपटेन छनोट भएको छ ।
चौथो राउण्डबाट टपटेनका लागी सुभराज राई, रेशम गुरुङ्ग, ललित कुमार लिम्बु, अर्जुन खरेल, मधु लामा, अमृत कुरुवाङ्ग, राम कुमार राई, शेर बहादुर लिम्बु, कविन गुरुङ्ग र ज्योती गुरुङ्ग छनोटमा परेका छन । चौथो राउण्डबाट १० जनाले भने बिदा लिईसके । टपटेनमा पर्न सफल १० जनालाई फाईनलमा भिड्ने चुनौती थपियो भने कार्यक्रमबाट बाहिरिएका १० जना पनी आगामी दिनमा मेहनत गर्ने भन्दै र्फकिए । प्रतियोगिताको निर्णायक मण्डलमा देबिका केसी, सन्तोष परियार र दिनेश लिम्बु रहेका छन भने परिवेक्षकको रुपमा राकेश चाम्लिङ्ग, देवराज न्यौपाने र शिव गौतम रहेका थिए ।
समाज सेवा अभियान रुपन्देहीका कार्यवाहक अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान र शहिदहरुलाई सम्झदै मौन धारण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम कोही पुर्व घर आगन तर एउटै हो, छरिएर बसे के भो सन्तान त एउटै हो बोलको गितमा किरण लामा , सोम तामाङ्ग, कान्छा तामाङ्ग, ईशा घतानी र दिपा थापाले स्वागत नृत्य प्रस्तुत गरे । सल्लवा रोड स्थित क्वालिटी हाईफर मार्केटको सभाहलमा सम्पन्न सेमिफाईन राउण्डमा सुवराज राईले झस्केर दुख्छ यो मुटु मेरो उसैको याद बोलको गित गाए ।
कार्यक्रममा प्रतिस्पर्धीहरु रेशम गुरुङ्गले सालैजो मार्फत जता हेरे पनी गाउँरघर, ललीत कुमार लिम्बुले उ जितेर गई या हारेर गई जित आफै तिर पारेर गई बोलको गित गाए । अर्जुन खरेलले धेरैलाई वाड्दा नपुग्ला माया मलाई घटाए हुन्छ गाए । रविन शिवाको आधुनिक गित ए तुलसी आगनमा रोपौला, केशव तामाङ्गको म तिमीलाई माया गर्छु लाखौ जन्म जन्म, विजय भण्डारीको मैले त्यही भएर मन पराएको, छवी राजकोटीले आफै माया जोड्यौ बैरी आफै तड्पायौ गाए ।
त्यस्तै अर्का प्रतिस्पर्धी सुमन मगरले पुर्णिमाको चन्द्रमालाई बादल लाग्न थाल्यो, ज्योती गुरुङ्गको काचो सुरती, मधु लामाले जाहाँ छन बुद्धका आखाँ, अमृत गुरुवाङ्गले पुर्णिमाको चन्द्रलाई बादलु लाग्न थाल्यो, सरुक सुन्दासको पानीको थोपा जस्तै छुट्यो हाम्रो माया, रामकुमार राईले तिमी आउने बाटोमा फुल रोपी दिएँ गाएर आफ्नो प्रस्तुती देखाए ।
त्यस्तै दामोदर न्यौपानेले बाच्ने आशामा तिम्ले माया देखायौ, शेर बहादुर लिम्बुले मेरो बारे उन्ले सोधे मोर्यो भन्दिनु, प्रविन गुरुङ्गले घरको याद आयो, दिलकुमार बिकले भकारीमा धान छ, सुपेन्द्र राईले काटीरहो कुरा धसीरहो छुरा हाम्रो माया सुपरहिट दर्शन नमस्ते र पिन्की थापाले डाली डालीमा फुली रहु लाग्छ अनी दिलको बारीमा गाएर प्रतिस्पर्धामा सामेल भए ।
कार्यक्रमका प्रमुख अतिथी गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले कतारमा नेपाली पहिचान बनिसकेको बताए । हामी कतारमा जातले हैन नेपाली भनेर चिनिएका छौ भन्दै नेताहरुलाई गाली गर्नु भन्दा प्रवासबाट समाज सुधारक काम गर्नु पर्ने बताए । विशष अतिथी गैर आवासिय नेपाली संघका पुर्व उपाध्यक्ष सागर नेपालले कतार सानो नेपाल जस्तो मात्र हो, यहाँ नेपाली सँस्कृतीले प्रगती गरिरहेको छ ।
कार्यक्रमले ४ लाख कतारमा कार्यरत नेपालीहरुका प्रतिनिधीको रुपमा नयाँ प्रतिभाको खोजी गरिरहेको बताउदै यस यात्रालाई निरन्तर दिनुपर्ने बताए । उनले भने समाजमा तपाईले सम्मान गर्ने व्यक्तिहरुले समाज प्रती कत्तिको दायित्व निभाएका छन बुझेर अघाडी बढ्नु पर्ने बेला आएको छ ।
त्यस्तै प्रवासी नेपाली सांगितीक परिवार कतारका संरक्षक शिवराज गौतमले कतारमा नेपाली समाजसेवीहरु समाजको नाममा राजनिती गरिरहेका छन तिनीहरुको छिट्टै खुलासा गर्ने बताउदै आशन ग्रहण र भाषणमुखी समाज बन्दै गएकोमा आक्रोश पोखे । नेपाली सँस्कृतीको जर्गेना गर्न आयोजना गरिएको कार्यक्रममा निमन्त्रण दिईएता पनी समाजसेवीहरुको न्यून उपस्थिती भएकोमा उनले दुःख प्रकट गरे ।
कार्यक्रममा अतिथीहरु कार्यक्रमका संयोजक शक्ति क्षेत्री, जनसम्पर्क समितीका सभापती बिमल सुबेदी, जनप्रगतीशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, प्रवासी नेपाली मञ्च कतारका निर्वतमान अध्यक्ष दिलकिरण खजुम र उपाध्यक्ष चानक पोख्रेल, समाजसेवी ईश्वर काफ्ले, प्रकाश गुरुङ्ग, पुनम दाहाल, क्रान्ति सिं, आईएमी कतारका प्रमुख जितेन्द्र पाण्डे, चितवन युवा समुह कतारका अध्यक्ष भुमिराज कार्की लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका उल्लेख्य मात्रामा नेपाली दर्शकहरुको उपस्थिती रहेको थियो ।
0 comments
Write Down Your Responses