भक्तपुरको एक कपास र लुगा पेल्ने कारखानामा आगलागी ३५ लाख बराबरको क्षति

भक्तपुर । अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा हिजो साँझ आगलागी भएको छ। आग लागि बाट करिब ३५ लाख बराबरको क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
हिजामेराति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको थियो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलले प्रयास गर्दापनि आगो नियन्त्रणमा आउन सकेको थिएन।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरेका थिए । राति अबेर मात्र आगो नियन्त्रणमा आएको थियो ।

,

0 comments

Write Down Your Responses