पानी जहाज डुबाउने क्याप्टेनलाई १७ वर्ष जेल सजाय

इटली, एजेन्सी । इटलीको समुद्र तटमा तीन वर्षअघि डुबेको पानी जहाज कोस्टा कानकार्डियाका क्याप्टेन फ्रान्चेस्को स्केटिनोलाई अदालतले हत्याको आरोपमा दोषी ठहर गर्दै १६ वर्ष कैद सजाय सुनाएको छ । कोस्टा कानकार्डिया इटलीको गिगलियो द्वीपस्थित चट्टानमा डोक्किएपछि डुबेको थियो । 
जसमा ३२ जना यात्रु मारिएका थिए । उनीमाथि जहाजलाई तटको धेरै नजिक ल्याएको र दुर्घटना भएपछि चालक दलका सदस्य र यात्रीलाई छाडेर भागेको आरोप लगाइएको थियो । यता क्याप्टेन फ्रान्चेस्को स्केटिोले भने आफूलाई यो घटनामा बलीको बाख्रा बनाएको भन्दै अपराध अस्वीकार गरेका थिए । 
 उनीविरुद्ध १९ महिनासम्म चलेको मुद्दापछि १६ वर्ष कैद सजायको फैसला सनाइएको हो । उनका वकिलहरुले भने जहाज डुब्नुमा चालक दलको सामूहिक विफलता थियो भन्दै यसका लागि उनलाई मात्र दोषी ठहर गर्नु उपयुक्त नहुने जिकिर गरेका थिए ।

,

0 comments

Write Down Your Responses