संसद भवनमा भीषण आगलागी

नयाँ दिल्लीस्थित भारतीय संसद भवन परिसरमा आज दिउँसो भीषण आगलागी भएको छ । आगो फैलिएपछि संसद भवन रहेको क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएको छ ।
 आगो लागेपछि संसद भवन क्षेत्रको पूरै इलाकालार्इ खाली गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । संसद भवन क्षेत्रको आकाशमा बाक्लो धुवाँ फैलिएकाले आगो भीषण रहेको अनुमान गरिएको छ । आगो फैलिएपछि घटनास्थलमा ५ वटा अग्निनियन्त्रक गाडी समेत पुगिसकेका छन् ।
 भारतीय सञ्चार माध्यमहरुका अनुसार आगो एसी प्लान्ट राखिएको स्थनाबाट फैलिएको हो । आइतबार भएकाले संसद भवन भित्र थोरैमात्र मानिस रहेको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

,

0 comments

Write Down Your Responses