दुइ माओबादी एकताको नजिक
काठमाण्डौ । एमाओवादी र नेकपा-माओवादीबीच एकताका लागि गठित वार्ता कमिटीको पहिलो बैठकले छलफल अगाडि बढाउने ७ आधार तय गरेको छ ।
नेकपा-माओवादी केन्द्रीय कार्यालय, बुद्धनगरमा सम्पन्न बैठकले सैद्धान्तिक, राजनीतिक आधारहरू तयार गरेको हो ।
छलफलमा एमाओवादीतर्फका वार्ता टोली संयोजक अध्यक्ष पुष्पकमल दाहाल, सदस्यहरू वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी सहभागी थिए ।
नेकपा-माओवादीबाट वार्ता टोली संयोजक अध्यक्ष मोहन वैद्य, सदस्यहरू उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ सहभागी थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses