भीषण आगलागी हुँदा ३५ घर जलेर नष्ट

काठमाडौँ - ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार साँझ करीब ७ बजे तीर भीषण आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् भने ५० भन्दा बढी पसल तथा कार्यालयमा क्षति पुगेको छ। 
 तोक्मेडाँडास्थित पूर्वेली होटेलबाट सल्किएको आगो हावाका कारण बजारतिर फैलिँदै गएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। प्रहरीका अनुसार तोक्मे बजारका रेखा श्रेष्ठ, खेम श्रेष्ठ, डम्बर कार्की, हर्क श्रेष्ठ, मुक्ति पौडेल, दावा शेर्पा, भरत श्रेष्ठ, युवराज बराल, सुशीला सिटौला, नरेन्द्र सावाँ, खगेन्द्र तिमिल्सिना, गोपाल बराललगायतका घर जलेर नष्ट भएका छन् भने जिविस भवनमा पनि क्षति पुगेको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाले दमकल नहुँदा आगो निभाउन गाह्रो भएको जानकारी दिदै दमकल नहुँदा आगोबाट ठूलो क्षति भएको निरौलाले बताए। 
अन्तः स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो। फुङलिङमा २०६० सालमा भीषण आगलागी हुँदा पैंतालीस घर जलेका थिए।

,

0 comments

Write Down Your Responses