मेरो पनि ब्वाईफ्रेन्ड छ

अक्सर सेलेब्रेटीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाउने प्रयास गर्छन । आफ्नो प्रोफेसनल लाइफलाई निजी प्रसंगले नकरात्मक असर पुग्ने सोच सेलेब्रेटीको हुने गर्छ । कतिपयले त आफ्नो फ्यान घट्ने कारण पनि कसैसँगको सम्बन्ध गोप्य राख्छन । तर काँचको पर्दामा स्थापित हुने धुनमा रहेको नायिका तथा मोडल सपना लामिछानेले भने कुरा लुकाइनन् । 
एक बर्षअघि सम्म सिंगल छु भन्दै हिड्ने गरेकी सपनालाई नमस्तेफिल्मीले फेरी प्रश्न गर्यो ‘कति भयो लभ परेको’?‘त्यहि एक बर्ष हुन लाग्यो’उनले भनिन । ‘को हो नि ब्वाइफ्रेन्ड’ ? प्रश्न सुन्नेबित्तिकै उनी बोल्न थालिन बिनोद ढुङगेल । कोटेश्वर बस्नुहुन्छ । बिजनेस गर्नुहुन्छ । सपनाले केहि नमानी सरर बताएपछि , ‘बिहे चाँहि कहिले गर्ने त । अब छिट्टै, धेरै कुर्न सक्दैनौ । 
उनको जवाफ आयो । आफुहरुमा एकदमै बिश्वास र केयरिङ भएको पनि उनले बताइन । @नमस्तेफिल्मी

, , ,

0 comments

Write Down Your Responses