बाग्मतीको पानी पशुपतिनाथ मन्दिरमा नचढाएको एउटा रहस्य !

काठमाडौं । बाग्मती नदी सफाई अभियान १०० यौं हप्तामा प्रवेश गरेको उपलक्ष्यमा गत शनिबार मानव साङलोले घेरा हालेर ’बाग्मती सफा छ’ भन्ने विश्वास दिलाउन एका कार्यक्रम गरिएको थियो । तर सुन्दरीजल देखी चोभार सम्मको २८ किलोमिटर दुरी मानव साङलोले घेरा हालेर गरिएको कार्यक्रम सकिएको केही दिनमै बाग्मतीको पानी पशुपतिनाथ मन्दिरमा नचढाएको २५ वर्ष भैसकेको सुचना बाहिर आएको छ । 
 पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन नसकिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 
 बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण गरी जल चढाउन र स्नान गराउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

,

0 comments

Write Down Your Responses