नथुन्ने भन्दै दुई किशोरीमाथि बलात्कार

घृणित अपराध हो, पिडा बोध भयो -डीआईजी काभ्रे । पनौतीको सडकमा हिडिरहेका दुई किशोरीमाथि प्रहरीले बलात्कार गरेको खुलासा भएको छ । सिविन बालिका शान्तीगृहबाट भागेका १५ र १७ बर्षीया किशोरीलाई पनौती बसपार्कको प्रहरी बिट छेउमा प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले बलत्कार गरेका हुन् । काभ्रे प्रहरीले हवल्दार राउत र जवान साहलाई शुक्रबार पक्राउ गरी हिरासतमा राखेको छ । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)पूजा सिंहले आइतबार जबरजस्ती करणी मुद्दामा म्याद थप पश्चात अनुसन्धान गरिने बताइन् । गत चैत २५ गते राती प्रहरी साढे १० बजे राति सिविनको शान्ति गृहबाट तीन किशोरी भागेका थिए । उनीहरु भाग्दै पनौती बसपार्क पुगे । 
 सडकमा लठ्ठी बोकेर बसेका प्रहरीले तीन किशोरीलाई रोकेर सोधपुछ गर्न थाले । उनीहरुले किशोरीलाई पक्राउ गरेर प्रहरी चौकी लैजाने भन्दै धम्क्याएको स्रोतले बतायो । स्रोतका अनुसार यौनसम्पर्क राख्न दिने भए नपक्रिने भन्दै प्रहरीले ति किशोरीलाई धम्क्याएका थिए । बालिकाले जे सुकै गर्नु तर प्रहरी चौकी नलैजानु भनेका थिए एक प्रहरी अधिकारीले भने तीनमध्ये एक जनालाई छाडेर बाँकी दुई जनालाई बलात्कार गरेछन् । भागेकी अर्की किशोरी सडक किनारमा उभ्याइएकी थिईन् । यस्ता सुधार गृहमा आमा बाबु नभएका, असहाया र हिंसामा परेको स्थलबाट उद्धार गरिएका किशोरी र बालिका राखिन्छ ।
 काभ्रे प्रहरीका अनुसार उनीहरुले दुई किशोरीलाई बसपार्क छेउको खाली र सुनसान चौरमा लगेर बलात्कार गरेपछि छाडिदिएका थिए । आधारातमा त्यहाँबाट निस्किएका किशोरीहरु काठमाडौं आईपुगे । यता आफ्नो शान्तीगृहबाट हराएका किशोरीहरु सीवीनले खोजी गरिरहेको थियो ।

, ,

0 comments

Write Down Your Responses