अष्टलक्ष्मी दिदी बहिनी सहकारीमा अधिकारी
पोखरा- पोखराको रामघाटमा रहेको अष्टलक्ष्मी दिदी बहिनी बचत तथा ऋण सहकारीको दोस्रो साधारणसभाले संजिता अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । हालै सम्पन्न सहकारीको साधारणसभाबाट उपाध्यक्षमा रेवती पौडेल, सचिवमा विमला अधिकारी, सहसचिवमा रोशनी पौडेल, कोषाध्यक्षमा कल्पना शर्मालाई चयन गरिएको छ । त्यसैगरि सदस्यहरुमा पार्वती पौडेल, सरस्वती पौडेल, सरला खड्का र राधा सुवेदी रहेका छन् ।
त्यसैगरि सभाले सुनिता भण्डारी, पार्वती थापा र रिना क्षेत्री सम्मिलित तीन सदस्यीय लेखा उपसमिति गठन गरेको छ भने ऋण उपसमितिमा पार्वती पौडेल र देवकी अर्याललाई चयन गरिएको छ । शिक्षा समितिमा रिता पाठक र सत्यवती सिलवाल रहेका छन् ।
साधारणसभाको उद्घाटन गर्दै स्थानीय जेष्ठ महिलाले नारीबाट मात्र सञ्चालित उक्त सहकारी पोखराको एक नमुना सहकारीको रुपमा स्थापित भएको बताइन् ।
कार्यक्रममा सहकारीका सल्लाहकार छवि सुवेदी लगायतका अन्य अतिथीहरुले सहकारीको उन्नति र प्रगतिको शुभकामना दिएका थिए ।
साधारणसभा सहकारीका निवर्तमान अध्यक्ष लक्ष्मी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
0 comments
Write Down Your Responses