हजारौ महिलाहरू

हजारौं लाखौ तपाइँहरूकै गाउँका गरीब युवतीहरु अरब लगायत बीभिन्न मरुभूमिमा, भारतका मुम्बई लगायत बिभिन्न ठूला शहरहरूमा” दैनिक पटक पटक बलत्कृत” भई रहेका छन् । युद्धले गरीब हरुलाई बिरोध गर्न सक्ने अवस्थामा समेत पुर्याएका छैनन् । मेरो मुटु त हर दिन रून्छ । लाखौ लाख गरीबहरु घर न घाटको भएर मरूभुमीमा बस्न बाध्य छन्। केही दिन अघी पोखरामा चारजना पुरूषले बलत्कार गरिएकी चेलीले अदालतमा बयान फेरेको पनि पढे । के कारणले र कुन दबावमा बयान फेरी त ?एक अनुत्तरीत प्रश्न नै छ । हिज एउटा ठूलो पत्रिकाको मुख प्रीष्ठमा नै केवल एक मात्र बलत्कृत चेलीको कारूणीक कथा छापीए छन्। एक जना ठुलै नेता सो एक जना महिलाको लागी मात्र पत्रिकामा पढेकोले डाँको छोडेर रोएँ भन्ने कुरा लेखनु भएछ। मेरो नम्र निबेदन के छ भने केहिदिन अगाड़ी खाडी तिर एउटी नेपाली महीलालाई जलाएर सड़कको बीचमा फालेको सत्यता , अर्कि महिला जो झ्याल बाट हाम फालेर आफु बसेको घरबाट भाग्नु परेको बाध्यता भन्दै गए कति हो कति पिडाका भयानक सम्पुर्ण नेपालीका सत्यताहरू, छाप्नुहोस् मुख प्रिष्ठ मा । 
कुनै महिला माथी पक्षपात नहोस् मेरो यही कामना आफ्नै देशमा त महिलाहरुले हर क्षेत्रमा दुर्ब्यवहार सहनु पर्छ भने परदेशको दुर्ब्यवहारको कुरा त झनै के गर्नु? उक्त बहिनीले सरवोच्च अदालतमा निबेदन दीएमा यो फौदारी मुद्दा भएकोले एक दुइ महिनामा नै न्याय अन्यायको फैसला भै हाल्छ। अपराधीहरुले ढीला चाँडै सजाइ पाउँछन् ने अदालतमा। सात जना न्यायाधीस हुन्छन् र सरकारबादी मुद्दा हो यो ।उक्त बहिनीको पछी धेरै वकीलहरु छन् । म यँहा ती लाखों महीलाहरुको लागि रुँदै छू जो न्यायको भीख माग्न सम्म सक्षम सम्म छैनन् कोही आफ्नै देशमा त कोही अर्काको देशमा ,मरूभुमीमा। मेरो मन त हर दिन रून्छ ,नेपालका सन्तान रहीत बन्न पुगेका बृद्धहरु सँगै लाखौ लाख घर न घाट भएर मरूभुमीमा रहेका बाध्यताहरु सँगै ।

0 comments

Write Down Your Responses