प्रदिप राई, क्वालालम्पुर । मलेसिया जोहर राज्यको कुलाई रियल कम्पनिमा मृत्यु भएका एक नेपालीको दुई हप्ता बितिसक्दा पनि अझै कसैले घर पठाउने पहल नगरेको एक नेपालीले बताएका छन्। माक्पा ३ बेप्ला खोटाङ्गका खुशिमान राईको बाथरुममा नुहाउन जाँदा अचानक चिप्लिएर घाईते बनी मृत्यु भएको थियो। मृत्युपछि शब अझै नेपाल पठाउन कुनै पहल भएको छैन ।
नोभेम्बर १८ तारिकका दिनबाथरुममा लडेर मृत्य भएका माक्पा ३ बेप्ला खोटाङ्गका खुशिमान राईको शब दुई हप्ता पुगीसक्दा पनी नेपाल पठाउन कुनै पहल नभएको हो। मलेसियाको जोहोरबाहरुमा रहेको रिल कम्पनीमा कार्यरत उनलाई लडे लगत्तै साथीहरुले अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियोे । ६ महिना अघिमात्र रोजगारीको शिलसिलामा मलेसिया आएका २१ बर्षिय राईको शबलाई पोष्मार्टम गरेर कम्पनीले कहिले नेपाल पठाउने भन्नेवारेमा कुनै जानकारी नदिंदा दुई हप्तासम्म शब अस्पतालमै रहेकोे मृतकका साथी मबिन राईले बताएका छन्।
दुई हप्ता सम्म मलेशियाबाट शव लाने पहल भएन
0 comments
Write Down Your Responses