नेपाल पत्रकार महासंघ कतारको एमाले महासचिव इश्वर पोख्रेल संग भेट

मोहम्मद अजिज अलि, दोहा- नेपाल पत्रकार महासंघ कतार शाखाले १८ डिसेम्बर २०१४ का दिन पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्रि तथा नेकपा एमालेका महासचिव इश्वर पोख्रेल सँग भेटवार्ता गरेको छ | भेटघाटका क्रममा पोख्रेलले माघ ८ भित्र प्रक्रियाबाटै भए पनि संबिधान जारि हुने बताएका छन देशमा राजनितिक संक्रमणकालिन स्थिति बिधमाननै रहेको जसले गर्दा आम जनता र सिंगो मुलुक असहजता र पिडाबाट गुज्रिरहेको छ भन्दै त्यसलाइ जति सक्दो चाडो अन्त्य गर्नकालागि तोकिएकै समयमा संबिधान जारि गर्नु पर्ने बताए संबिधान जारि भए पछी यो संक्रमणकाल, असहजता र पिडाको अन्त गर्ने प्रक्रियाको ऐतिहासिक प्रारम्भ हुने बिश्वास व्यक्त गरे l विश्वमा कुनै पनि राष्ट्रमा सहमतिमा संबिधान बनेको इतिहास नभएको जान्दा जान्दै पनि हामि सहमतिको भरसम्भव प्रयासमा रहेकाछौ यत्रो प्रयासको बाबजुदपनि सहमति हुन नसके सबै राजनैतिक दलले दोस्रो संबिधान सभाको चुनावको आआफ्नो घोषणा पत्रमै उल्लेख गरेको माघ ८ भित्रै सहमति हुन नसके प्रक्रियाबाटै भए पनि संबिधान जारि गर्नेछौ भनेर गरेको प्रतिबद्धता स्मरण गराउदै राजनैतिक पार्टीहरु आफुले जनता संग गरेकाको वाचाबाट पछाडी फर्किन नमिल्ने भन्दै माग ८ मै संबिधान जारि हुने कुरामा ढुक्क हुन आग्रह गरे l 

महासंघ कतार शाखाका सचिव मोहम्मद अजिज अलिले पत्रकार महासंघको केन्द्रिय बैठकबाट संबिधान तोकिएकै समयमा जारी गर्न दवाब दिने हेतुले सम्पूर्ण राजनैतिक् दलहरुलाई ध्यानआकृष्ट गराउने उदेश्यले थालेको अभियानका बारे धारणा बुझ्नेक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन l सोहि क्रममा संघियता र शासकीय स्वरूपका बारेमा उनले हामि सबै कुरा छोड्न सक्छौ तर दुइटा चिज छोड्न सक्दैनौ देशको दिर्घकालिन हिसाबले अहित हुने कुरा जस्तै धेरै प्रदेश बनाउने कुरा बेकार हुन् जुन छोड्न सकिदैन केन्द्रीय तहमा एउटा आफ्नो संसद भवन र मन्त्रि प्रधानमन्त्रिका क्वाटरहरु बनाउन नसक्ने हामीले धेरै प्रदेश बनाएर ति सबै प्रदेशको संरचना बनाउन फेरी ५० बर्ष खर्चिन पर्ने जिक्र गर्दै प्रदेश भनेको जिविस बनाए जस्तो होइन हाम्रो जस्तो गरिब देशले धेरै प्रदेश थेग्न नसक्ने बताए l दोश्रो जातीय पहिचानका आधारमा प्रदेश बनाउने कुरामा कुनैपनि हालतमा सम्झौता गर्न नसकिने भन्दै जातीय आधारमा प्रदेश बनाउदा मुलुक मुठभेड र द्वन्दमा फस्नेछ त्यस्तो हुन नदिन पहिचानका ५ ओटा आधारहरु सबै समेटिने गरेर साझा पहिचान सहितको प्रदेश बन्नु पर्ने एमाले कांग्रेसको स्पष्ट धारणा रहेको बताए l

 महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको नेतृत्वमा भएको उक्त भेटवार्तामा सदस्य भूवन केसी समिम मिया लगायत सल्लाहकार क्रान्ति सिंह र होम कार्कीको सहभागिता रहेको थियो उक्त भेटवार्ताकाक्रममा प्रवासमा खास गरि खाडी मुलुकका श्रमिकहरुका समस्या र समाधान लगायत ४ लाखका हाराहारीमा नेपाली कामदार रहेको कतार अवस्थित नेपाली दुतावासमा सेवाग्राहीहरुको चाप र सिमित कर्मचारीहरु र श्रोत साधनका कमीले खेप्नु परेको सास्तीका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो l महासचिव पोख्रेलले प्रवासीहरुको समस्या लगायत र नियोगहरुका कमि कमजोरी सबै समस्याको मुख्य जड देशको राजनितिक संक्रमणकालिन स्थितिनै भएकाले माघ ८ मा संबिधान जारि भए पछी सबै ठिक हुने बिश्वास दिलाएका थिए l १९ डिसेम्बरमा सम्पन्न प्रवासी नेपालीमञ्च दोहा, कतारको चौथो अधिवेशनलाई सम्बोधन गर्न कतारमा आएका महासचिव इश्वर पोख्रेल संग पत्रकार महासंघ कतार शाखाले बिशेष भेटवार्ता गरेको हो सो अवसरमा पोख्रेल संगै एमाले केन्द्रीय सदस्य सुर्य थापा पनि रहेका थिए l

0 comments

Write Down Your Responses