प्रहरीकै संरक्षणमा हुन्छ सुन तस्करी !

काठमाडौं, मंसिर २२ – प्रहरीले मंसिर २० गते साँझ नक्साल भगवतीवहालबाट १५ केजी सुन सहित तिब्वती मुलका एक नागरिकलाई पक्राउ गर्‍यो । नियन्त्रित सुनको नेपाली मूल्य ६ करोड ५० लाख रुपियाँ पर्छ । नेपाली भाषा बोल्न नजान्ने पाछेङ खाम्बा नाम गरेका उनीसँग लाइसेन्स भने नेपाली नै थियो ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही दिन अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी प्रमुखलाई मुख्यालय बोलाएर ‘ठुलो मात्रामा सुन तस्करी भइरहेकोले अनुसन्धानमा सक्रिय हुन’ निर्देशन दिएका थिए । अर्यालले निर्देशन दिएको साता नबित्दै ठूलो मात्रामा सुन बरामद भयो । मंसिर १८ गते पनि केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित प्रहरीले वौद्ध पिपलबोट छेउको एक किराना पसलबाट २ केजी र त्यसको अघिल्लो दिन अपराध महाशाखाको टोलीले २ केजी सुन बरामद गरेको थियो । महानिरिक्षक अर्यालले कडाई गर्न निर्देशन दिएपछि मात्र तस्करीको सुन नियन्त्रणमा आउनु के संयोग मात्र हुन सक्छ ? जानकार स्रोतहरुका अनुसार यो संयोग हुँदै होइन । प्रहरीकै संरक्षणमा ठूलो मात्रामा सुन तस्करी हुँदै आएको छ । प्रहरीले नसकेरै तस्करी भइरहेको हो भन्ने देखाएर सस्तो लोकप्रियता कमाउने नियतले मात्र पछिल्लो साता केही सुन नियन्त्रणमा लिइएको हो । -

0 comments

Write Down Your Responses