एसियाली महिला भलिबलमा नेपाल शिर्ष स्थानमा उक्लियो

नेपाली महिला भलिबल टिमले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिप लगातार दोश्रो जित हात पादै ६ अंक सहित शिर्ष स्थानमा उक्लियो । राखेप कभर्डहलमा शनिवार भएकोे दोस्रो खेलमा नेपालले बंगादेशलाई ३–० को सोझो सेटमा सहज पराजित ग¥यो । कान्छी खेलाडी प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा नेपालले बंगलादेशमाथी २५¬¬¬–११, २५–९ र २५–१० को सहज जित निकाल्यो । खेललाई पुर्ण रुपमा नियन्त्रणमा राख्दै नेपालले निकै आक्रमक प्रर्दशन गरेको थियो । खेल पछि प्रतिक्रिया दिदै नेपाली महिला टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रर्दशनबाट आफु सन्तुष्ट रहेको बताए । खेलमा क्रमिक रुपमा सुधार भईरहेको बताउदै भोली भारत बिरुद्धको खेलमा सुधारिएको प्रर्दशन गर्ने दाबी गरे ।

 यता, बंगलादेशका प्रशिक्षक जाकिर हुसेनले छोटो समयको तयारीका बाबजुत आफनो टोलीले राम्रो प्रर्दशन गरेको जानकारी दिए । “टोलीको प्रर्दशनबाट म सन्तुष्ट छु, माल्दिभ्स बिरुद्धको खेल जित्नका लागी खेल्नेछौ ” । उनले भने । प्रतियोगिता अन्तरर्गतको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो भने बंगलादेश श्रीलंकासंग पराजित भएको थियो । प्रतियोगिता अन्तरर्गत आज नै भएको पहिलो खेलमा भारतले माल्दिभ्स बिरुद्ध सहज जित हात पारेको थियो । माल्दिभ्सलाई २५–१८,२५–६ र २५–१५ को सोझो सेटमा पराजित गर्दै भारतले प्रतियोगितामा बलियो चुनौती पेश ग¥यो । भारतका लागी कप्तान जिजी रोजुले उत्कृष्ट प्रर्दशन गरिन् । प्रतियोगिता अन्तरर्गत भोली पनि दुई खेल हुनेछन् ।

 पहिलो खेलमा उपाधिको दाबेदार टोली श्रृलंकाले माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेलमा आयोजक राष्ट्र नेपालले भारत बिरुद्ध खेल्नेछ । उपाधि भिडन्तका लागी दोस्रो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाल भलिबल संघको आयोजनमा सञ्चालित प्रतियोगितामा ५ देशको सहभागिता रहेको छ । राउण्ड रोबिनका आधारमा आउदो मंगलबार सम्म चल्ने प्रतियोगितमा नेपाल सहित भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश सहभागी छन् यस बीच भारतिय भलिबल अध्यक्ष नेपाल आएका छन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङ,उपाध्यक्ष मनोरन्जन शर्मा तथा कोषाध्यक्ष निरोज मास्केले भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार चौधरी र महासचिव रामअवतर झाखरलाई अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गरे । 

त्यस्तै माल्दिभ्स भलिबल संघका अध्यक्ष युनिस पोपोलाजी पनि बेलुका नेपाल आइपुग्ने अध्यक्ष तामाङले बताए । साउथ एशियन महिला भलिबलको निरन्तरताका बैठक हुने अध्यक्ष तामाङल जनाए । उनीहरु नेपाल भलिबल संघको लागि निमन्त्रणामा नेपाल आएका हुन् । फोटो १ र २ – साग महिला भलिबलमा माल्दिभ्स बिरुद्ध सट प्रहार गदै नेपालकी प्रतिभा माली । फोटो ३ – साग महिला भलिबलमा माल्दिभ्स बिरुद्ध सट प्रहार गदै नेपालकी रमिला तण्डुकार । फोटो ४ – नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङ,उपाध्यक्ष मनोरन्जन शर्मा तथा कोषाध्यक्ष निरोज मास्केले भारतिय भलिबल संघका अध्यक्ष अवदेशकुमार चौधरी र महासचिव रामअवतर झाखरलाई अन्तर्राष्ट्रिय एर्यरपोर्टमा स्वागत गदै । फोटो ५ लोयल्टी स्पोट्र्स मिटमा दिपक बिष्टलाई मायाको चिनोले सम्मान गदै संस्थाका प्रिन्सिपल ।

0 comments

Write Down Your Responses