माघ ८ मै संविधान पाउनु नागरिक अधिकार हो
सर्वप्रथम बेलबारीबाट प्रारम्भ भएको दबाबमूलक कविता गोष्ठी पथरी हुँदै हालै लेटाब बजारमा सम्पन्न गरेकोे छ । मञ्चका अध्यक्ष मधु पोखरेलको अध्यक्षता र नेपाल सब्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्थानीय एवम् विराटनगर, उर्लाबारी, पथरी, बेलबारी लगायतका एक दर्जन स्रष्टाहरूले माघ ८ मै संविधान पाउनु नागरिक अधिकार हो भन्ने आसयका सिर्जना मार्फत बोलीका ठेगान नभएका अकर्मण्य नेताहरूप्रति वाण बर्साएका थिए ।
सोही अवसरमा अधिकारकर्मी रामबाबु दाहालले आफूले कबोलेको समय सीमामा संविधान दिन नसक्ने हो भने
दलीय नेतृत्व अक्षम हुने कुरा बेलैमा नेताहरूले सोचुन् भन्ने मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि खेम नेपालीले संविधानलाई र संविधान सभालाई अनिर्णयको बन्दी बनाउने पार्टी कुन हो भन्ने कुरा आम जनताले बुझेर समयमा संविधानकालागि हामी स्रष्टाहरू सडकमा ओ र्लेका छौं तपाईँहरूले पनि साथ दिनोस् भन्ने भनाई राख्नु भएको थियो ।
सिर्जना वाचन गर्नेहरूमा स्थानीय स्रष्टा ख्याम न्यौ
पाने, शिवनारायण पंडित, बाबुराम श्रेष्ठ वर्ष, यज्ञ
परिश्रमी, गण्डकीपुत्र, मधु पोखरेल, रोहित पर
ाई लगायत विभिन्न क्षेत्रका स्रष्टाहरू थिए । मञ्चले
आगामी कार्यक्रम पौष २८ गते मंगलबार केर
ाबारीमा आयोजना गर्ने कुरा मञ्चका अध्यक्ष पो
खरेलले बताए ।
-
0 comments
Write Down Your Responses