लाहुरेनीको पिडा

लाहुरेनीको लाहुरेनी पिडा पछिल्लो समय बेलायतले गोर्खा सैनिकका परिवारलाई नागरिक सरह उतै रहने अधिकार दिएको छ । 

जसका कारण ठुलो समुहमा नेपाली दाजुभाईहरु यो देशमा छैनन् । तिनले सम्याएका नगरका चिल्ला बाटोहरु, निर्माण गरेका चौतारीहरु, पानीको धारा, स्कुल र मठ मन्दिरहरु फुस्रा हुंदैछन् । मुलत मंगोल समुदाय लाहुरे हुने गरेकाले जानजाति आन्दोलननै कमजोर हुंदैछ । तर उता विदेशमा साहित्यको अर्को नेपाल बनीरहेको धेरैलाई थाहा छैन ।

 ती विदेसिए पनि तिनले आफ्नोपन, आफ्नो जाति, आफ्नो संस्कृति भुलेका छैनन् ।
 त्यसैले उनिहरु कविता लेख्दैछन् । यहि मेसोमा विदेशमा बसेर कवयीत्री लीला सेलिङ मावोले कविता कोरेकी छिन् । कवयीत्री लीलाको कवीता संग्रह लाहुरेनी पीडा विमोचन गरिएको छ । विहिवार किरात चुम्लुङ हिममा कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ श्रवण मुकारुङले विमोचन गरेका थिए । दुईसय रुपैया मुल्य राखिएको उक्त कविता संग्रहमा ढेड दर्जन कविता रहेका छन् । उक्त कविता संग्रह निम्वल पब्लीकेसन्सले प्रकाशन गरेको हो ।

0 comments

Write Down Your Responses