युवती बलात्कार गरेको अारोपमा तीन भारतीय युवक पक्राउ


  भारतीय प्रहरीले जापानी युवती बलात्कार अारोपमा तीन भारतीय युवालाइ पक्राउ गरेको छ । २२ वर्षीया जापानी युवती उत्तरी भारतको एक बाैद्ध सेन्टर नजिकै सामुहिक बलात्कारमा परेकी थिइन् । भारतीय प्रहरीले थप दुइलाइ खोजिरहेको जनाएको छ । 

बोधगया नजिकै तीन हप्तासम्म बन्धक बनाएर राख्न ती दुइको संलग्नता रहेको बिहारका प्रहरी प्रमुख अखिलेश सिहंले बताए । ती युवती उक्त समुहको पञ्जाबाट भागेर डिसेम्बर २८ मा कलकत्ता पुगेर प्रहरीमा जाहेरी दिएकी थिइन् । अध्ययनका लागि केही समयदेखि ती युवती भारतको ग्रामीण भेगमा थिइन् ।

, ,

0 comments

Write Down Your Responses