साउदीमा निधन भएका महराकी पत्नीलाई सहयोग

 वैदेशिक स्वरोजगारको सिलसिलामा साउदी अरब पुगेको नेपाली कामदारको निधन भएपछि साउदीमै रहेका नेपालीहरुको पलहमा संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरेका छन् ।

धनुषा जिल्ला वडा नम्बर ४, बफई गाविस स्थायी घर भएका ३२ वर्षिय सिताराम महराको साउदी अरबको जेद्दा थुवाल भन्ने शहरमा असमायिक निधन भएको थियो । मनोज धिमालको अगुवाईमा साउदीमै रहेका नेपाली, भारतीय, पाकिस्तानी र चाईनीजहरुबाट संकलित नेपाली रुपैयाँ ५८ हजार ९ सय ८५ रकम मृत्तक महराकी पत्नी रामदुलारीदेवी महरालाई प्रदान गरिएको हो ।

उक्त रकम बुधबार काठमाडौंको गौशलामा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पृथ्वीनारायण ओलीको उपस्थितिमा हस्तान्तरण गरिएको हो । महराको शव हिजो काठमाडौं ल्याईएको थियो । 

,

0 comments

Write Down Your Responses