रिसले आफ्नै घरमा आगो
- रिसले आफ्नै घरमा आगो
Google +
रिसको आवेगलाई थाम्न नसक्दा मोरङको थलहाका एक ब्यक्तिले आफ्नै घर जलाएर छन् । मोरङको थलहा ४ का बंकरलाल सरदारले घरायसी झगडा पछि आवेगमा आएर आफ्नै घरमा आगो लगाएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
घर जलेपछि जाडोमा उनको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् । घरमा मासु भात पकाइरहेका बेला बिहिवार साँझ सरदार दम्पतिबीच झगडा भएको थियो । जिल्ला प्रहरीका डिएसपी प्रभुप्रसाद ढकालका अनुसार श्रीमतीसित झगडापछि बंकरलालले भातको माड श्रीमतीको अनुहारमा फालेका थिए । तातो माडका कारण उनकी श्रीमतीको अनुहारमा फोका भएको छ ।
आफुमाथि माड फालिएपछि उनकी श्रीमती घरवाट वाहिर निस्कना साथ बंकरलालले आफ्नै घरमा आगो लगाई बाहिर हाँस्दै गरेको बेला स्थानिय वासिन्दाहरूले प्रहरीलाई खवर गरेका थिए । विराटनगरवाट प्रहरी र वारुणयन्त्र पुग्दा सम्म उनको तीनवटा फुसको घर जलेर नष्ट भएको थियो । घर भित्र रहेको पाँचवटा बाख्रा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागिवाट २ लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।
-
0 comments
Write Down Your Responses