इजरायलमा रहेका महिला कामदारबारे हुने गरेका नकारात्मक टिप्पणी र यथार्थ

मुना ढकाल बस्नेत

घरले हेला गरे माईती जानु, माईतिले पनि हेला गरे मुग्लान जानु पक्कै पनि यो उक्ती नेपाली महिलाहरुमा धेरै मात्रमा लागु हुदछ । रहरले भन्दा पनि बाद्यताले परदेशीने धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुछन तर पछिल्ला दिनहरुमा प्रबासमा रहेका नेपालीका बारेमा राम्रा नराम्रा लेख र विचारहरु अनलाइन खवर र सामाजिक संजालमा बाक्लै देखिन थालेका छन् । मुलुकको झण्डै एक तिहाई जनसंख्या त्यसमा पनि कामगर्ने उमेरका युवाहरु विदेशमा रहेको सन्दर्भमा यस्ता कुराले आम संचारका माध्यममा स्थान पाउनु आफैमा नौलो होइन । तर महिला शसक्तिकरण र समावेसीकरणको चर्को आवाज मुलुकभित्र उठिरहेको वेला आज पनि नगन्य झै रहेका विदेशको भुमिमा रहेर कामगरिरहेका महिला कामदारको वारेमा आइरहेका टिकाटिप्पणाीको जवाफमा यो लेख लेख्ने प्रयास गरिएको छ ।

 झण्डै ३० लाख नेपाली विदेशको भुमिमा काम गरिरहेको सन्दर्भमा करिव ५ हजारको संख्यामा नेपाली महिलाहरु इजरायलमा कार्यरत छन् । इजरायलमा नेपाली महिलाहरुको मुख्य काम त्यहाँको अति व्यस्त जिवन पद्धतिमा असक्त र वृद्ध–बृद्धाहरुको स्याहार सुसार गर्न त्यहाँका वयस्क र काम गर्ने उमेरकाहरुले नभ्याएका कारण उनिहरुको घरमा रहेका असक्त र वृद्ध–बृद्धाहरुको रेखदेख र लालनपालन गरिदिने हो । त्यसकालागि उनिहरुले कामदारलाई वस्नकालागि व्यवस्था सहित भएको छुट्टै एपार्टमेन्ट र विविध आवश्यक सुविधाहरुको व्यवस्था गरेरमात्र कामदार मगाउने गरेका छन् । कामदारको हितमा यथेष्ट कानूनहरु भएका कारण हप्तामा ८ घण्टा भने पनि वढि काम गरेमा ओभरटाइम पाइने, हप्तामा एक दिन विदा मनाउन पाइने इत्यादी व्यवस्था त्यहाँ छ ।


तुलनात्मक रुपमा राम्रै पारिश्रमिक र माथि भनिएका सुविधाको ग्यारेण्टीका कारण नेपालबाट इजरायल आएका मध्ये अधिकांश महिलाले परिवार र साथीभाईसंग परदेश मै रहेर पनि विभिन्न माध्यमबाट सम्पर्कमा रहन सकेका छन् । यहाँ कम्पयुटर र टेक्नोलोजीमा कमजोर नै भएपनि त्यहाको जिवन पद्धती, वच्ने समय र कमाउने पैसा सवैका कारण उनिहरु सामाजिक संजाल लगायतमा पनि अलि अगाडि नै देखिन्छन् । तर नेपालमा र इजरायल वाहेक अन्यत्र विदेशमा रहने नेपालीले चै यि माथिका कुरा नवुझी इजरायलमा भएका महिला कामदारका वारेमा गरेका टिप्पणीले यहाँ रहेका नेपाली विशेषगरी महिलाहरुको मन दुःखेको छ । कसरी संधै अनलाइनमा वसेर पनि राम्रो पैसा कमाइरहेका छन्, रातभरि कसरी अनलाइन च्याटमा वस्न भ्याउँछन्, किन इजरायलमा जाने महिलाको परिबारमा वढि खटपट र पारपाचुकेको संख्या वढि छ लगायतका प्रश्न इजरायलमा रहेका नेपाली महिलाको अगाडि तेस्र्याइने गरिएको छ । यी यस्ता प्रश्नहरुका पछाडि निम्न कारण हुनसक्छन् । प्रथमतः प्रश्न उठाउने महानुभावहरुले इजराइलमा महिलाले गर्ने कामको प्रकृतीलाई नवुझी अरुसंग तुलना गर्न खोजेको देखिन्छ । यहाँ केयर गिभरमा कामगर्ने महिला र अरब लगायतमा हाउसमेडको काममा आकास जमिनको फरक छ । हाउसमेड रोजगारदाताको पुरा घर र परिवारकोे लागि काम गर्छिन्, त्यसैले उनिसंग आफ्नै घर परिवार र साथीभाई संग सुखदुःख साट्ने समय पनि पर्याप्त समय हुदैन । तर इजरायलमा माथि भनिए झै एउटा सानो फ्ल्याटमा रहेका एकजना असक्त वा वृद्ध–बृद्धाको सेवा गर्ने र त्यो सानो परिसरलाई सफा राख्ने मात्र हो । 


नेपालमा करिव १७ घण्टा काम गरेर पुरा परिवार र घरको रेखदेख गर्ने महिलाले त्यति काम गरेर मनग्य समय निकाल्छन् र उक्त समयलाई कम्युटर लगायतका आधुनिक प्रविधी सिक्ने, फेसवुक लगायतका सामाजिक सञ्जालमार्फत साथीभाई तथा परिवारसंग नियमित सम्पर्कमा रहने आदि काम गरेकै हुन्छन् । रातभर च्याटमा समय विताउने भन्ने आरोपका बारेमा के भन्न सकिन्छ भने एक त नेपालमा भन्दा कामको लोड कम भएका कारण इजरायलका महिलालाई ५ देखी ६ घण्टाको आरामले पुग्ने र अर्को नेपाल र इजरायल विचको ३ घण्टा ४५ मिनेटको समयको फरकका कारण नेपालमा रहनेकालागि त्यस्तो लाग्न गएको हुनसक्छ । जहाँसम्म पारपाचुके गर्नेको संख्या वढि भएको भन्ने आरोप छ, एक सवल महिलाले परिवारका नाममा आफ्नो सम्पुर्ण जिवन बर्बाद नपारी अन्य उपाय खोज्ने सामान्य परिपाटीका सन्दर्भमा इजरायल आएर, आप्नो पौरखले कमाई गरि आत्मनिर्भर भएका कारण यस्तो गरेका हुन् भने पनि आलोचनाका पात्र हुन नपर्ने हो । तर जसरी पारपाचुकेको तथ्याङ्क पेश गर्न खोजिएको हो, त्यो तथ्याकं पनि परिवारको सहमतीमा परिवारका सदस्यलाई इजरायल वोलाएर त्यहिँ नै परिवारसंग वस्ने लोभका कारण कागजी पारपाचुके गरेकाहरुको तथ्यांकमा आधारित छ । श्रीमान या श्रीमती इजरायलमा भएकाको हकमा भिसा लयागतमा कडाइ हुने आशंकामा नेपालमा रहेका श्रीमान् या श्रिमतीले सम्वन्ध विच्छेदको कागज वनाएर भिसा आवेदन दिने चलनलाई यसरी व्याख्या गर्नाले यथार्थमा फरकपन आएको भन्न सकिन्छ ।

 समग्रमा भन्दा नेपाली चेलीहरु घर वाहिर गएर काम गर्ने चलन नेपाली संस्कृतीकालागि नौलो हो र विदेशी भुमिमा एक्लै एक महिलाले गएर काम गरेर वस्ने कुरा त झनै नितान्त नयाँ हो । तर नेपाली महिलाहरुले यो परिस्थितीलाई नयाँ चुनौतिका रुपमा स्वीकार गरेर आफ्नो भन्दा नितान्त भिन्न संस्कार र संस्कृती भएको मुलुकमा गएर पनि आफ्नो र समाजको शिर निहुरिन नदिने र परिवारको समस्यामा पनि सघाउने काम गरिरहेका छन् । उनिहरुको यो प्रयासलाई देश विदेशमा रहेका सवै नेपाली खासगरि पुरुषहरुले गम्भिर रुपमा वुझेर कमेन्ट गरिदिउ अनि मात्र हामी चेलीहरुको हौसला अझ वढ्ने र त्यसले देश र समग्र समाजको पहिचानमा अर्को सकारात्मकता सन्देश फैलाउने देखिन्छ । तर फरक परिदृश्य र यथार्थलाई नवुझि कमेन्टका लागि कमेन्ट गरिदिदा उसै त घर परिवार र सन्तानवाट एक्लिएर वर्षौ अर्काको देशमा अर्काको सेवा गर्न परेकोमा कमजोर मानसिकता वनाएर वसेका हामि महिलाहरुलाई ठूलो पिडाको महसुस हुने कुरा सवैले सोच्न जरुरी छ । अन्तमा मेरो यो लेखले कसैको आँचमा चोट पु¥याउने उद्देस्य होईन, कसैलाई चोट पुगेमा क्षमाप्राथि छु । लेखिका विगत ५ वर्षदेखी ईजरायलमा कार्यरत छिन्

0 comments

Write Down Your Responses