शीर्ष दल र मोर्चाको छलफल अहिलेलाई सकियो


शीर्ष दल र मोर्चाको छलफल अहिलेलाई सकियो काठमाडौँ- बिहानै देखि चलेको शीर्ष दल र मोर्चाको छलफल अहिलेलाई सकिएको छ । मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा बिहानै देखि चलेको थियो । 
नयाँ संविधान एक वर्षभित्र जारी गर्ने भनी पछिल्लो पटक एक वर्ष अघि जनतासँग प्रतिबद्धता जनाएका प्रमुख दल माघ ८ गते नजिकिँदै गर्दा संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयास गर्दै छलफल भएका्े थियो । संविधानका प्रमुख अन्तर्वस्तुमा देखिएका विवाद सुल्झाउने क्रममा पछिल्लो समय दलहरुको बैठकले निरन्तरता पाउँदै आए पनि हाल सम्म निष्कर्षमा पुग्न सकेको छैन। -

0 comments

Write Down Your Responses