राष्ट्रपति शासन लागु हुने संकेत

  नेपाली राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा गत संविधानसभाको समाप्ति हुँदै दोस्रो संविधानसभाको निर्वाचन भयो । कांग्रेस र एमालेले दुई तिहाई ल्याए । एमाओवादी तेस्रो स्थानमा पुग्यो । तर संविधान बनाउने कुरामा एमाओवादी, कांग्रेस र एमालेबीच फेरि विवाद गहिरिएपछि माघ ८ गते संविधान नआउने निश्चित भएको छ । एमाओवादी लगायत ३० दलीय मोर्चा वैद्य माओवादी पदमरत्न तुलाधरको आदिवासी जनजाति मिली माघ ६ गते आन्दोलन गर्ने भएपछि कांग्रेस र एमालेले दुई तिहाईको आधारमै प्रक्रियाबाटै संविधान सभाबाटै संविधान जारी गर्ने बताएपछि फेरि मुलुकमा बन्द हड्ताल र ढुंगामुढा हुने निश्चित देखिन्छ । पार्टीहरूबीच आन्दोलन र प्रक्रियासँगै संविधान नआउने भएपछि माघ ८ पछि मुलुकमा राष्ट्रपति शासन लागु हुने संकेत देखा परेको छ । यदि संविधान बने पनि जलाउने बताईरहेको 

नेत्रविक्रम चन्द विप्लपको माओवादी पार्टीको आन्दोलन संविधानसभाको तेस्रो पार्टी राप्रपा नेपालले प्रक्रियाबाट बनाएको संविधान नमान्ने हिन्दुराज्य र राज संस्था राख्नुपर्ने बताउँदै आएको अवस्था वैद्य माओवादी र एमाओवादीको ३० दलको मोर्चाको बन्द हडताल र आन्दोलनको परिणाम अब मुलुकमा राष्ट्रपति शासन लागु गर्न एमाले र नेपाली कांग्रेसको भित्री तयारी रहेको एक उच्च नेतृले राजतिलक साप्ताहिकसँग बताइन । एकातिर संविधानबन्न पनि नदिने अर्कोतिर बन्द कार्यक्रम घोषणा गर्ने एमाओवादी पार्टी र तीनका समर्थक दलहरू कै कारण राष्ट्रपति शासन लगाउने तयारी सत्ताधारी दलहरूले गरेको सुत्रको दावी छ । राष्ट्रपति शासन जारीपछि पुरानै अन्तरिम संविधानलाई जारी गर्दै २ वर्षपछि चुनाव घोषणा हुने संकेत देखिन्छ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण गत मंगलबार देशैभरको जनजीवन प्रभावित भयो । बन्दको क्रममा कार्यकर्ताको बिरलै उपस्थिति भए पनि काठमाण्डौमा समेत प्रभाव प¥यो । ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरियो । कडा सुरक्षा व्यवस्था गरिएकै कारण बन्दमा अप्रिय घटना नभएको गृहमन्त्रालयको निश्कर्ष रह्यो । तर यही बन्दमा नेपाली सेनाका केही टुकडीलाई बन्दककर्तालाई रेकी गर्न तथा माघ ८ पछि निमित्त सक्ने जस्तोसुकै बिषम परिस्थिति सामनाको रिहर्सलका लागि सडकमा उतारिएको धेरैले पत्तो पाएनन् । सैनिक टुकडीहरूले बन्दको रेकी मात्र गरेनन,सडकमा उत्रिएर गजबको रिहर्सल समेत गरे । 
यो राष्ट्रपति शासन लगाउने पूर्व संकेत समेत भएको सुत्रको दावी छ । उच्च सैनिक स्रोतका अनुसार रत्नपार्क, भद्रकाली, पुतलीसडक क्षेत्रमा सेनाका टुकडीहरूलाई सडकमा उतारिएको थियो । सैनिक स्रोतले उपलब्ध गराएको फोटोमा समेत बन्दहड्तालले आक्रान्त सडकमा सैनिकहरूले मार्चपास गरिरहेका देखिन्छ । स्रोतका अनुसारसैनिकहरूले सडकको अवस्था, भोलिका दिनमा आइपर्ने समस्यासँग जुध्ने तरिका, बन्दहड्तालले आक्रान्त सडकमा आक्रोशित मुद्रामा उत्रिएका बन्दकर्ताहरूको प्रवृति लगायतको बिषयमा बुझ्ने काम गरेका थिए । बन्द हड्तालकै दिन सेनालाई ब्यारेकबाट निकाल्ने निर्णय सत्तासीन दलहरूकै निर्देशनबाट भएको समेत स्रोतले दाबी गरेको छ । विशेष गरी भोलिको राजनीतिक उथलपुथलमा नियन्त्रणका लागि रिहर्सलका लागि मात्र नभई बन्दकर्ताहरूको मनोबल गिराउन समेत ठाउँ ठाउँमा सैनिक टोलीले मार्चपास शैलीमा निकालिएको थियो । नेपाली सेनाको मार्चपास देख्दा बन्दकर्ताहरूको मनोबल गिर्ने र त्यस्तो बन्दहड्तालले परिणाम ननिकाल्ने सैनिक अधिकृतहरूको विश्लेषण थियो । केही समयअघि काठमाण्डौमा बसेको सुरक्षा समितिको उच्चस्तरीय बैठक र सरकारलाई व्रिफिङ् गर्ने क्रममा सैनिक हेडक्वार्टरले प्रतिवेदन पेश गरेको थियो । सो प्रतिवेदनमा माघ ८ मा संविधान नआउने निश्कर्ष निकाल्दै देशको सार्वभौम सत्ता रक्षा, जातीयबिखण्डन तथा बितण्डा नियन्त्रणका लागि नेपाली सेना जुनसुकै बेला जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न तयारी अवस्थामा रहेकोबताइएको थियो । 
 सेनाले आफ्नो प्रतिवेदनमै संविधान माघ ८ मा जारी हुँदैन भन्ने निश्कर्ष निकालेका कारण समेत माघ ८पछि उत्पन्न हुने असहज परिस्थितिलाई सम्हाल्न उसले आन्तरिक रणनीति समेत तयार गरिसकेको छ । त्यही तयारीको पहिलो प्रयोग स्वरुप सेैनिक टोलीले बन्दहड्तालको रेकी गर्न बाहिर निकालिएको एक उच्च सैनिक अधिकृतले बताए । गत साता वीरगञ्जमा भएको प्रहरी झडप र दमन, तोडफोड कै हिसावले हेर्ने हो भने पनि अब माघ ८ पछि राष्ट्रपतिशासन लगाउने भित्री तयार भएको बुझिएको छ । यसैबीच संविधान बनाउन दलहरूले तोकेको माघ ८ को तिथि नजिकिँदै जाँदा ।।।दक्षिणपन्थी अतिवाद’ र ।।।वाम अतिवाद’को चर्चा बढेको छ । यस्ता प्रवृत्तिका सम्भावित पात्रमध्ये नेत्रविक्रम चन्द विप्लव खुमबहादुर खड्काको गृहजिल्लामा छन् । पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुनको जाडो छल्न झापा पुगेका छन् भने खुमबहादुर खड्का भारतमा छन् । हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्ने कमल थापा आन्दोलनको गृहकार्यमा जुटेका छन् भने खुमबहादुर खड्का भारतसँग ।।।लाइन’ मिलाएर माघ ५ गते काठमाडौं फर्कँदैछन् । माओवादी ।।।स्कुल’का वामपन्थी गुरु मोहन वैद्य नर्भिक अस्पतालबाट डिस्चार्ज भएर तंग्रिने प्रयासमा छन् भने शारीरिकरुपमा त्यस्तै कमजोर भइसकेका पदमरत्न तुलाधर ।।।अकुपाइ बानेश्वर’को अभियानमा छन् । कांग्रेस, एमाले र एमाओवादीका पनि आ–आफ्नै तयारी छन् । विशेष गरी माघ ८ लाई लक्षित गरेर विभिन्न १० किसिमका देशी विदेशी शक्तिहरूले आफ्नो अभियान तीव्र बनाएका छन् । -

0 comments

Write Down Your Responses