५ गते देशव्यापी आम हड्ताल

माघ ८ आउन केही हप्ता बाँकी छ एमाओवादी, माओवादी अर्को नेत्रविक्रम चन्दको माओवादी र मधेसी दलहरुले विरोधसभा र आन्दोलन देखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार वैद्यबाको माओवादीले माघ ५ गते देशव्यापी आम हडताल (वन्द) गर्ने घोषणा गरेको छ । संविधानसभाभित्र भएका दलहरुले सहमति गरि संविधान जारी गरेपनि आपूहरुले जलाउने धम्की वैद्यवाको माओवादीले दिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच संविधान निर्माणका विषयमा कार्यदल बनेको छ छलफल भएको पनि छ तर सहमतिको स हुँदैन । एमाओवादीबीच सहमति भएपनि मधेशवादी पार्टीबीच सहमित नभर्यकन संविधान जारी भए फेरि तराई तताउने योजना बन्न सक्ने संकेत देखिन्छ । एमाओवादीको दलिय मोर्चा बीच नै संघियता र पहिचान बीच नै ठूलो विवाद भएका कारण सबै दल ३२ दलले नै सर्वमान्ने हुने संविधान आउने संकेत देखिदैन । 

वैद्यवा चन्द दाई कमल दाईका आ–आप्mनै योजना पनि छन् नेपाली कांग्रेसभित्रै नेपाल हिन्दु राष्ट्र हुनुपर्ने आवाज उठेको छ । पार्टीका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य खुमबहादुर खड.का यो अभियानमा छन् । यस्तो अवस्थामा सबैलाई मान्य हुने संविधान त नआउला तर माघ ८ वा पुस ८ वा हरु कुनै ८ मा नेपाली जनतालाई संविधान दिनु पर्दछ । यदि सहमितको संविधान नआए २ तिहाईको संविधान दिनु उचित हुने छ । कांग्रेस एमाले र केही साना दलतको मत दुई तिहाई छ । जनताको अभिमतलाई संसदीय प्रणालीमा स्वीकार गर्नुपर्दछ । होइन भने सहमित गर्नुको विकल्प छैन । जनताबाट तिरस्कार भएर तेस्रो शक्तिमा थन्किएको एमाओवादीका अध्यक्ष प्रचण्डले बेलैमा सहति गर्न पहल गर्नुपर्दछ । नत्र प्रक्रियाबाट संविधान जारी गर्न बाटो बन्द गराउने धम्की दिनु हुँदैन । नेपाली जनताले नेता चिनिसकेका छन् । पार्टी हेरिसकेका छन् जनता पछाडि नभएपछि धम्की दिएर केही हुँदैन । मुलुकलाई सधै बन्दी बनाउने मधेशवादी र एमाओवादी पार्टीले यस पटक पनि संविधान बनाउन दिएनन भनि फेरि जनताले उहीहरुको हैसियत सीपी मैनालीको जस्तै बनाउने प्राय निश्चित छ । एमाओवादी जस्तै जिम्मेवारी पार्टीले समेत नेपाल बन्द गर्ने धम्की दिनु राम्रो संकेत होइन फेरि मुलुकलाई बन्दी बनाउने काम अब कसैबाट हुनुहुँदैन । गत सोमबार राष्ट्रपति रामवरण यादव र नेपाली कांग्रेसका पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको भेटवार्तामा समेत राष्ट्रपति यादवले ७ प्रदेश हुनु राम्रो नभएको भन्दै असहमती जनाएको समाचार बाहिर आएको छ । यसले समेत के स्पष्ट देखिन्छ भने राष्ट्रपति राजावादी हिन्दुवादी, माओवादी, मधेशवादी सबैको सहमति मै संविधान जारी भए राम्रो यदि नभएपनि दुई तिहाई बहुमतले जरी पनि संविधान जारी गर्नुपर्दछ । बैंद्यबाट फुटेको चन्दको पार्टीले हतियार उठाउने कुरा गरेको छ । वैद्यवा नेपाल बन्द गर्दैछन् प्रचण्ड वा सहमति नभए आन्दोलन गर्ने धम्की दिइरहेका छन् यी र यस्ता प्रवृत्तिले माघ ८ मै संविधान आउने संकेतको अन्त्य भएको छ । राजसंस्था हटाएर राष्ट्रपति प्रवृत्तिको सुरुवात गर्दै गणतन्त्रको घोषणा गरेका नेपालका पार्टी र तीनका नेताहरुलाइं संविधान जारी गर्न अहिले धौधौ परिरहेको छ । कारण हो सत्ता र शक्ति जब आपूm सत्तामा पुगेपछि जे पनि गर्न तयार पार्टीका नेताहरु अहिले संविधान जारी गर्न किन आतर छैन कारण हो सत्ता समिकरणको पहिला टुंगो लगाउनुपर्ने बाध्यता । जे भएपनि कांग्रेस पार्टी प्रतिपक्षमा बसेर भएपनि संविधान जारी गरिनुपर्दछ । यसैबीच नेकपा–माओवादीले संविधानसभाबाट संविधान जारी गरिए त्यसलाई भोलीपल्टै जलाउने चेतावनी दिएको छ । त्यस्तै पार्टीले आम हड्ताल सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीको हालै सम्पन्न राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मलेनमा संविधानसभा विघटनको माग गर्दै अधिकार सम्पन्न राष्ट्रिय सभाको मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन कार्यक्रम अन्तरगत पुस २४ गतेसम्म प्रचार प्रसार गर्ने, पुस २५ गते पूर्वाञ्चल, २७ गते पश्चिमाञ्चल, २८ गते मध्यपश्मिाञ्चल, २९ गते मध्याञ्चल मा आम हडताल गर्ने भनिएको छ । त्यस्तै, माघ २ गते जिल्ला सदरमुकामहरूमा देशव्यापी जुलुस, माघ ५ गते देशव्यापी आम हढ्ताल र संविधानसभाको विघटन नगरी माघ ८ गते संविधान जारी गरिएमा माघ ९ गते जारी संविधान देश भर जलाउने कार्यक्रम तय गरिएको छ

0 comments

Write Down Your Responses