राष्ट्र र जनता प्रति समर्पित मन्त्री सुनील बहादुर थापा

टंक प्रसाद उप्रेती
 बिहानीले मध्य दिनको झल्को दिन्छ भने झै यू.एन.ओ.मा लामो समय सम्म सेवा गरी नेपालको राजनीतिमा प्रवेश गर्नु भएका सुनील बहादुर थापा एउटा अनुभवी विद्धान, र वहाँलाई अन्तराष्ट्रिय क्षेत्रको अनुभव पनि छ । त्रि.वि.वि. बाट डिग्री पूरा गरी बिसौं वर्ष अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न ठाउँमा यू.एन.ओ. अन्तर्गत गरीबी, जातीय विभेद, राजनीति मुठभेड, शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा तल परेका देशहरुको अवलोकन गरी नेपाल फर्केर आई राजनीतिमा प्रवेश गर्नुभएको छ । धनकुटामा एक त बुवा पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको त्यस क्षेत्रको प्रभाव पनि देखिन्छ । यो पङ्तीकार निर्वाचनको बेला धनकुटामा थियो । त्यहाँ बुवा सूर्य बहादुर थापा ज्यूको राजनीति लगानी सामाजिक सेवा र त्यहाँको हरेक पक्षमा उहाँले जनतालाई गरेको सहयोगले पनि त्यो प्रभाव सुनील बहादुर थापालाई राजनीतिमा माथि आउन सहज भएको हो । तर त्यतिकै ले मात्र होइन उहाँले निर्वाचनको बेला यू.एन.ओ. मा आफुले अन्तराष्ट्रिय स्तरको सेवा, सहयोग, प्रतिष्ठालाई समेत त्यागेर म यस मुूलुकमा राजनीतिमा मलाई पैसा कमाउन मोज मस्ती गर्न कुनै आवश्यक छैन मैले यो मूलुकमा राजनीति नेतृत्व, नेता तह अति नै बोलीको ठेगान नभएका,े आफनो घोषणा पत्रको समेत ख्याल नभएका अनुभव ज्यादै कम भएका र राष्ट्र र जनता भन्दा पनि केही सिमीत कार्य कर्ताहरु नजिक राखी दलिय स्वार्थमा फसेको देखेपछि म यो राष्ट्र धुरुक्कै रोएको, युवाहरु रुँदै–रुँदै अर्काको चुलोमा चिहाउन पुगेको र विदेश गएर आफनो धर्तीको माया हुँदा हुँदै युवा बाहिरीनु परेका एकातिरको दुर्दशा र अर्कातिर स्रोत साधन वन जङ्गल, हिमाल, पहाड, तराई विश्वमा नभएको विविधता भएको सुन्दर शान्त मूलुकमा यो अवस्था देखेर म राजनीतिमा हाम्फालेको हुँ भनि उक्त समयमा उहाँले भनेको म पङ्तिकारलाई थाहा छ । 

साँच्चै नै उहाले जितेर पनि आउनु भयो र उहाँले आफनो जिम्मेवार मन्त्रालय जुन मन्त्रालय जनताको दैनिकीसँग गाँसिएको मन्त्रालय हो । यस वर्ष एउटा अनौठो कुरा के देख्न पाइयो भने दशै तिहारमा नेपाली जनताले सधै जस्तो दैनिकीमा असहज भएका,े महङ्गी भएको कुराहरु महशुस गर्नु परेन । आफना मन्त्रालय अन्तर्गत दिनहुँ जसो विभागलाई सजग गरी टोली बनाइ जनताको दैनिकीलाई कहिल्यै पनि असहज हुन दिएको छैन । आफनो मन्त्रालयमा अन्य मन्त्रालय जस्तो ढिला सुस्ती झारा टार्नेकाम एकै दिन गर्न दिनु भएन । विभागका कर्मचारीहरुलाई मूलुकभर उपभोक्तालाई बचाउन यो वर्ष नै अनुगमनलाई अति तिव्र पारिएको वर्षको रुपमा हेरिन्छ । यस वर्ष मूल्य समायोजन तुरुन्तै गरी अन्तराष्ट्रिय बजारमा तेलको भाउ घट्दा आफनो मन्त्रालयमा पनि जनताले भाउ घटाएको, मिटिङ्ग र मूल्य समायोजन गर्ने कुरामा उहाँ तल्लिन रहिरहनु भएको पाइएकोे छ । उहाँले यस वर्ष आफन्त, नाता, व्यक्तिगत भेटघाट, कार्यकर्ताको मात्र सुनुवाई गर्ने र अनेक प्रकारका कोठे मिटिङ्ग नगरी दैनिक जसो आफनो मन्त्रालयलाई जनता समक्ष विभाग, शाखाहरुलाई सक्रिय गराएको पाइएको छ । मन्त्री सुनील बहादुर थापा यस वर्ष मन्त्री भए देखि नै जसरी खट्नु भएको छ अरु मन्त्रीहरुले पनि उहाँबाट पाठ सिक्नु पर्दछ । आफनो एउटा सरकारको मन्त्रीको हैसियतले उहाँले बाढी पिडितको समयमा पनि महिनौ दिन पश्चिम नेपाल भ्रमण गर्नु भयो, बाढी पिडितहरुलाई आर्थिक सहयोग गर्नुभयो साथै उहाँले व्यापार पारवहन तथा नेपाल भारत सम्बन्धि वाणिज्य नीति, आयात, निर्यात तथा व्यापारलाई सन्तुलित गर्न र नेपालमा उत्पादित वस्तुहरु थप निकै वस्तुहरुको निर्यात गराउन र नेपाली जनताको आर्थिक स्तरलाई उकास्न र संसार भरि नै नेपाली वस्तुहरु सहज गराउनमा उहाँले देन दिनुभएको छ । असल, मिलनसार, कलाप्रेमी साथीभाईसँग राम्रो व्यवहार तथा धनकुटा जिल्लाबासीहरु समेत हामीले एउटा युवा नेता पायौं भनि उहाँको काम प्रति जिल्लाबाट पनि अग्रिम निर्वाचनमा अझ बढी सहयोग गर्ने अपेक्षा गरेको म पङ्तीकारले त्यस जिल्लामा भ्रमण गर्दा पाएको छु । उहाँले त्यस जिल्लमा निकै वटा स्कूलहरुमा, मन्दिरहरुमा, बाटोघाटोमा र आफनो क्षेत्रमा पाख्रीबासलाई नगरपालिकामा परिणत गरीदिनु भएकोमा त्यस क्षेत्रका जनताहरुले अब विकास र आधुनिकता तर्फ धनकुटा लम्किन थालेको सहजै अनुमान गर्न थालेको मैले पाएको छु 

0 comments

Write Down Your Responses