एन आर एन अध्यक्ष जिसी सँग न्युयोर्कमा कानूनी अन्तर्क्रिया
लँग आइल्याण्ड न्यु योर्कमा लँग आइल्याण्ड निबासी नेपालीहरु र एटोर्नी तथा एन आर एन अध्यक्ष खगेन्द्र जिसी सँग श्रमिक र ज्याला सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भिभिन्न कम्पनीहरुमा काम गर्ने लँग आइल्याण्ड न्युयोर्क बासी नेपालीहरुले समयमा आफुले काम गरेको ज्याला नपाउने गरेको र कम्पनीहरुले बैंकरप्सी फायल गरेको अबस्थामा कसरी ज्याला उठाउन सकिन्छ भन्ने कुरामा अध्यक्ष जिसी, सफल्क काउन्टी मनाबधिकार आयोग निर्देशक जेनिफर ब्लस्क ,एटोर्नीहरु दुर्गा प्रसाद भुर्तेल, पिताम्बर भुसालले कानुनी तथा मानब अधिकार को सम्बन्धमा सल्लाह र सुझाब दिनु भएको थियो।
कार्यक्रममा नेपाली जन सम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिस्ट तथा अन्तरास्ट्रिय बलड डोनर्स एसोसियसन का अध्यक्ष अर्जुन मैनालीले आफुले ले स्थानीय स्तरमा कुनै सहयोग गर्नु परे आफुहरु सधै सहयोग गर्न तयार रहेको बताउनु भयो। स्थानीय स्तर मा भैरहेको पहल सम्बन्धमा लँग आइल्याण्ड समाज का कोसाध्यक्ष धनबिर महर्जन ले जानकारी गराउदै सधै सम्पूर्ण तबरले सहयोग गर्ने बताउनु भयो।
0 comments
Write Down Your Responses