देशी समान प्रबद्र्धन, रोजगारीको सिर्जना, सकारात्मक व्यक्तित्व विकास गर्ने बहानामा ठगी

काठमाडौं । सरकारलाई करोडौं रुपैयाँ कर छली गरेको र उपभोक्तालाई समेत विभिन्न बहानामा ठगी गरेर कारवाहीमा परेको हर्वोको कारोबार पुन ः नयाँ नामबाट सुरु भएको छ । सो हर्वोका पुरानै सञ्चालकहरुबाट आर एण्ड जी नामको कम्पनी तयार गरि ठगी कार्यका सुचारु गरेको तथ्य अभियान टाइम्सले फेला पारेको छ । काठमाडौको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालयमा भुमीगत कार्यालय रहेको आर एण्ड जी ग्रुप अफ कम्पनी प्रा.लि. कम्पनी ऐन २०६३ अनुसार नेपाल सरकार उद्योग मन्त्रालय अन्र्तगत रहेको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरि २०७० साल साउन १ गतेबाटै व्यापारीक कारोवार सुरु गरेको हो ।
 हर्वो कम्पनीबाट करोडौ रुपैयाँ अबैध रुपमा कमाएकाहरुले बजार प्रतिस्पर्धात्मक भएकोले कमजोर र स्पष्ट दृष्टिकोण दिन सक्ने गरि व्यवस्थापनको संरचना समेत तयार गरेका छन् । यस अघि नै ठगी कार्यमा सफल मानिएका जीपी पुरुष नामका व्यक्तिलाई सो कम्पनीको जिम्मेवारी दिइएका छन् भने कम्पनीको प्रबन्ध निर्देशकका रुपमा कपिल अधिकारी रहेका छन् । यसैगरी संचालक समिति सदस्यहरुमा भवानी पुरुष, बाबुराम पुरुष, बद्रीजंग पुरुष, गोपाल पुरुष शिवाकोटी, कृष्ण संग्रौला, जगत पुरुष र द्रोण पुरुषको समिति बनाएर हर्वोकै नाममा उत्पादन भएका गुणस्तहिन सामानहरु बिक्री वितरण समेत गर्दै आएको गोप्य स्रोतले जनाएको छ । सो कम्पनीले स्वदेशी समान प्रबद्र्धन, रोजगारीको सिर्जना, सकारात्मक व्यक्तित्व विकास गर्ने जस्ता लोकप्रिय नारा दिएर बजारमा आएको छ । सुरुमा हर्वोको कारोबार सुरु गर्दापनि सोही नारालाई अगाडि सारेको थियो । 
विशेषगरी, स्वस्थ्य, सौन्दर्य र आर्थिक समृद्धिका लागि प्राकृतिक श्रोत साधनको परिचालन व्यवसायीक ढंगवाट गर्ने भन्दै कम्पनीको दर्ता गरेपनि सो कम्पनीको काम कार्य पुरानै हर्वोको जस्तो गरी कारोबार गरेको पाइएको छ । सूचना प्रविधिको समेत साथ लिएर सर्बसाधारणलाई ठगी गरेको बुझिएको छ । सो सस्थाले बढि मात्रामा सर्वसाधरणलाई लक्षित गरि कारोबार सुरु गरेको छ जो समँुहबाट ठगी कार्य सफल हुने भएकाले सो ग्रुप लागि परेको स्रोतको भनाई रहेको छ । सो कम्पनीले बेरोजगारी न्युनिकरणको अभियान भन्दै युवा वर्गलाई कमिशनमा काम लगाउँदै आएको छ । सो कम्पनीका मालिकहरुले पहिला पनि कमिशनको आधारमा राखेर नक्कली उत्पादनका सामान बिक्री गर्दै हजारौ उपभोक्तालाई ठगी गरेको खुलासा भएपछि सरकारले कम्पनीको उत्पादनको बिक्री बन्द गराउँदै बानेश्वरमा रहेको अफिसमा सिल लगाएर बन्द गराएको थियोे । सरकारले हर्वोका सवै उत्पादन अबैध भएको प्रमाणित गरि बन्द गराएपछि सो कम्पनीका लगानीकर्ताले पुनः नयाँ कम्पनी खडा गरि गत मंसिरको दोश्रो साताबाट नेपालको पश्चिमी क्षेत्रहरु, बुटवल, भैरहवा, बाग्लुङ्ग, तथा अन्य क्षेत्रहरुका युवालाई परिचालन गरेको छ ।
 कम्पनीको मुख्य कार्यालय मिलनचौक, नयाँबानेश्वर काठमाडौंमा राखेको ठेगाना रजिष्ट्रारको कार्यलयमा उल्लेख गरेको भएपनि अफिस भने भुमीगत रुपमा सञ्चालन भएको छ । सो कम्पनीमा हर्वोकै भवानी पुरुष, धर्मेन्द्र हरिजर्न, दिपा घिमिरे, नविन जिसी रहेका छन् । 
सुरुमा आफ्नो कम्पनीको प्रचार प्रसार गर्नकालागि रोजगारीको अवसर भन्दै एक समुह बुटवल, भैरहवा, बाग्लुङ्ग, तथा अन्य क्षेत्रहरुमा खटिएका छन् । केही सरकारी कर्मचारीको मिलेमतोमा हुने गरेको अबैध कारोबारको धन्दालाई सो कम्पनीले पुन सुरु गरेर उपभोक्ता माथी ठगी कार्यमा निरन्तरता दिएको हो ।@ अभियान टाइम्स साप्ताहिक

0 comments

Write Down Your Responses