नोबेल पुरस्कार बिजेता र लेजरका आबिस्कारक डा चार्ल्स प्रति हार्दिक श्रदान्जली

नोबेल पुरस्कार बिजेता र लेजरका आबिस्कारक डा चार्ल्स प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै , वहाको उपस्थितिमा मेरो पुस्तक बिमोचन गरिएको त्यो जीवनमा एकपल्ट मात्र भाग्यले आउने त्यो दिनको सम्झाना गर्न मन लागेर दुइ शब्द लेख्ने चेस्टा गरे, आशा छ यहाहरुले यसलाई जानकारीको रुपमा भएपनि स्विकारी दिनु हुनेछ l मेरो जीवनमा कहिले न भुल्ने दिनको रुपमा मे १०, २०१०,को दिन पनि पर्छ , जब पहिलो पल्ट मेरो पुस्तकको बिमोचन एउटा नोबेल पुरस्कार बिजेताको हातबाट हुदै थियो। तर भाग्यले कस्तो साथ् दियो भने सम्भवत नेपाली साहित्यमा पहिलो र दोश्रो पल्टनै मेरो पुस्तकको बिमोचन विश्वका महान हस्ती र नोबेल पुरस्कार बिजेताको हातबाट हुन् गयो। जसमा पहिलो पुस्तकको बिमोचन नोबेल पुरस्कार विजेता डा चार्लस टाउनलको हातबाट र दोश्रो मेरो अंग्रेजीमा प्रकाशित नेपाली खानाको पुस्तकको बिमोचन नोबेल पुरस्कार बिजेता डग्लस ओसेरोफ्ले गर्नु भएको थियो l
आज अचानक एउटा दुखद समाचारले मेरो त्यो अविस्मरणीय दिनको सम्झना दिलायो ,हो उनै महान हस्ती जसले लेजर लाइटको समेत अविस्कार गरेका थिए अब यस संसारमा रहेनन् । उनको ९९ बर्षको उमेरमा यहि जनवरी २७ को दिन क्यालिफोर्निया स्थित बर्क्ली मा निधन भएको समाचार पत्र पत्रिकामा आएको छ । डा चार्ल्सले १९६४ मा लेजर को अविस्कार गरेबापत विश्वको सबै भन्दा गरिमामय नोबेल पुरस्कार पाएका थिए । उनको जीवनभर गरेको अनुसन्धान र अबिस्कारले बिज्ञान तथा मानब जीवनमै ठुलो योगदान पुगेको ध्रुव सत्यलाई कसैले नकार्न सक्दैन । उनि बर्क्ली स्थित क्यालिफोर्निया विश्व विधालयका प्रोफेसर थिए । उनि भौतिक शास्त्र मात्र नभई खगोल शास्त्रका पनि महान अन्वेसक र बैज्ञानिक थिए । उनैले the discovery of water vapor near the center of the Milky Way galaxy. को अनुसन्धान गरेका थिए । त्यस्तो महान व्यक्ति गुमाउनु भनेको बिज्ञान जगतकै एउटा कहिले पुरा हुन् न सक्ने क्षति हो । उनै महान आत्माको चिर शान्ति को कामना गर्दै मेरो त्यस बेलाका केहि अविस्मरणीय पलहरु यहाँ समक्ष प्रस्तुत गर्दै छु । वहाको बारेमा अझ बिस्तृत जानकारी चाहानु हुन्छ भने यो लिंकमा गएर हेर्नु होला...... http://www.nobelprize.org/nobel_prizes/physics/laureates/1964/townes-bio.html charles मेरो पुस्तकमा सुभकामना सन्देस र आफ्नो हस्ताक्षर गर्दै डा. चार्ल्स मेरो पुस्तक विमोचनको पहिलो चरणको कार्यक्रममा डा चार्ल्स टाउनले आफनो जिवनमा गरेका अनुशन्धान तथा नोवेल पुरस्कार पाउदाका ति अविश्मरणिय क्षणको बारेमा जानकारी गराउनु भएको थिया भने वहाँलाई भौतिक तथा खगोल सास्त्रमा गरेको अमुल्य योगदानको बापत विश्वकै सबै भन्दा उच्च पुरस्कारद्धारा सम्मानित गरिएको थियॊ वहाको विशेष अविश्कारहरुमा माइक्रो बेभको लेजर विम्व व्लाक होलको घनत्वको नाप अन्तरिक्षको पहिलो कम्प्लेक्स मलिक्युलरको अध्यन तथा अनुसन्धान । वहाँ नोवबेल पुरस्कारको साथ साथै विज्ञान तथा आध्यात्म शास्त्रमा गरेको योगदान बापत टेम्पल टन पुरस्कार देखि अन्य थुप्रै सम्मान र पुरस्कारले बिभुसित गरिएको छ । book book-cover book-released मेरो पुस्तकको बर्क्ली स्थित हाम्रै रेस्टुरामा टेस्ट अफ द हिमालयजमा डा चार्लस टाउनल र डा मैथली एयरले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । उक्त "ध्रुव थापाका कविता तथा गीत " संग्रहमा मैले अमेरिका वसाईका क्रममा लेखेका रचनाहरु संग्रहित गरिएको छ जस्को सम्पादन गोविन्द गिरी प्रेरणाले गर्नु भएको हो । मैले डा चार्ल्ससित केहि महत्व पूर्ण पलहरु बिताउने र भाला कुसारी गर्ने मौका पाएको छु , जसमा उनि कति मृदु भाषी र स्पस्ट बक्ता समेत जीवनको अन्तिम दिनहरुमा समेत रहेको पाएको थिए । ति अविस्मरणीय पलहरु मेरो जीवनमा कहिले भुल्ने छुइन । book-released त्यस्तै मेरो भाग्यले दोश्रो पुस्तक "टेस्ट अफ द हिमालयजको समेत बिमोचन गत बर्षको जनवरी ८ मा अर्का महान बैज्ञानिक र नोबेल पुरस्कार बिजेता डा डग्लस ओसेरोफ्द्वारा गर्ने सुवर्ण अवसर मिल्यो l डा डग्लस पनि भौतिक शास्त्रका बैज्ञानिक र अबिस्कारक हुन् जो हालै अमेरिकाको सुप्रसिद्ध स्टानफोर्ड बिश्वबिधलायाका प्राध्यापक हुन् l प्रस्तुत छ दुवै महान हस्तिद्वारी विमोचित मेरो पुस्तक विमोचनका केहि झलकहरु l

,

0 comments

Write Down Your Responses