उसिनेको अन्डा फेरी काचो बन्न सक्छ त

 उसिनेको अण्डालाइ फेरि पूर्व अवस्था (काचो ) बनाउने कार्यमा बैगानिकहरुले सफलता पाएका छन । यो प्रक्रिया क्यान्सरको उपचारमा सहयोगी बन्ने पनि बताइएको छ । अमेरिका तथा ऑस्ट्रेलिया सरकार द्वारा वित्तपोषित अध्ययनका मुख्य लेखक ग्रेगरी वीसको भनाइ उल्लेख गर्दै समाचार पत्र “द इंडिपेंडेंटले लखेको छ “हो , हामीले कुखुराको उसिनेको अण्डालाइ पहिलेको अवस्थामा ल्याउने उपाय पत्ता लगाएका छौ । 

 उसिनेको अण्डामा सेतो भागमा प्रोटीन हुञ्छ । अहिले सम्म यसलाई पुर्व अवस्थामा फर्काउने नसकिने बताइदै आइएको थियो । अखबारको अनुसार वैज्ञानिकहरुले उसिनेको अन्डालाई पहिलेको अवस्थामा ल्याउने र प्रोटिनलाइ अलग अलग गर्न सकिने उपाय पत्ता लगाएका छन् । उसिनेको अन्डालाई फुटाउन युरियाको प्रयोग गरिएको थियो भने त्यस पछि एक उच्च क्षमता भएको मेशिन ‘वोर्टेक्स फ्लूड’ उपकरणको प्रयोग गरिएको थियो त्यस पछि प्रोटिन पहिलेकै अवस्थामा आएको थियो ।

0 comments

Write Down Your Responses