भारतले दिएन एयरबसलाई दिल्ली उडानको स्वीकृति

काठमाडौं । नेपालले दुई हप्ताअघि मात्रै भित्र्याएको एयरबसले बुधबारदेखि गर्ने भनेको दिल्ली उडान रोकिएको छ । भारतले स्वीकृति नदिदा काठमाडौं दिल्ली उडान शुक्रबारका लागि सरेको हो । दिल्ली जान टिकट लिएकाहरुलाई अन्य विमानमार्फत दिल्ली पठाइएको हो । 

माघ २५ गते ल्याइएको एअरबस ३२०–२०० सिरिजको एक सय ५८ सिटे सगरमाथा एयरबसले बिहान ८ बजे दिल्ली उडान भर्ने कार्यक्रम थियो । एयरबसले सातामा चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार दिल्ली उडान गर्ने तयारी गरिरहेको थियो ।

0 comments

Write Down Your Responses