आईएसविरुद्ध गरिएको आक्रमणमा अमेरिकीको मृत्यु
सिरिया, एजेन्सी । आफ्नो एक पाइलटलाई जलाएर मारेको विरोधमा जोर्डनले गरेको हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। सिरियास्थित इस्लामिक स्टेट चरमपन्थी समूहको अखडामा जोर्डनले गरेको हवाई आक्रमणमा एक अमेरिकी बन्धक महिलाको मृत्यु भएको आइएसले दावी गरेको छ। अमेरिकाले भने आफ्नो नागरिक मारिएको कुनै प्रमाण नभएको बताएको छ। आइएसले एउटा ध्वस्त भएको भवनको तस्वीर सार्वजनिक गर्दै अमेरिकी महिला मारिएको दावी गरेको हो । तर, महिलाका विषयमा यसले विस्तृत विवरण भने खुलाएको छैन । ती महिला आईएसको नियन्त्रणमा रहेको अन्तिम अमेरिकी बन्धक भएको आशंका गरिएको छ। अमेरिकी महिला मारिएको स्वतन्त्र रुपमा पुष्टि हुन भने बाँकी छ ।
0 comments
Write Down Your Responses