उमा कुङफुको ग्रेडिङ

काठमाण्डौ । उमा कुङफु संघ नेपालको आयोजनामा बुढानीलकण्ठ शाखाको ग्रेडिङ शनिबार सम्पन्न भएको छ । गे्रडिङमा भ्याली पब्लिक उमावि, बाल विकास बोर्डिङ स्कुल र भद्रकाली इङलिस मिडियम स्कुलका ९६ पुरुष तथा ८५ महिला गरी जम्मा १ सय ८१ खेलाडी सहभागी थिए । एकदिने ग्रेडिङ उमा कुङफु संघका अध्यक्ष एवं ग्रेडिङ संयोजक उद्धव थापा मगरसहित अनिमेशलाल श्रेष्ठ, सन्जितकुमार राई, रमेश महर्जन, सुकमान लामा, विजय तामाङ र रमेश महर्जनले सञ्चालन गरेका थिए । समापनका अवसरमा भ्याली पब्लिकका व्यवस्थापक महेश अधिकारी, बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठ र भद्रकालीका प्रतिनिधिलाई उमा कुङफुमा आबद्धताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

0 comments

Write Down Your Responses