Prabas
»
चिट्ठा कार्यक्रम सम्पन्न गर्दै नतिजा सार्बजनिक
चिट्ठा कार्यक्रम सम्पन्न गर्दै नतिजा सार्बजनिक

नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आयोजना गरेको भाग्याशाली चिट्ठा कार्यक्रम सम्पन्न गर्दै नतिजा सार्बजनिक गरेको छ । परिवारले नेपाल हाउस संचालन सहयोगार्थ तथा कोरियामा बुद्ध जयन्तीको अवसरमा हुने लोटस् ल्यान्टर्न फेस्टीबलको अन्तर्रािष्ट्रय शान्ती पद यात्रामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदा लाग्ने आर्थिक सहयोगका लागि भाग्याशाली चिट्ठा कार्यक्रम २०१५ आयोजना गरेको थियो।
यही फेब्रुअरी १९ मा नेपाल हाउस व्यवस्थापन समितिले आयोजना गरेको नेपाल हाउस सांगितिक महामेलामा खोलिएको चिट्ठा कार्यक्रमको प्रथम पुरूस्कारका लागि बरिष्ठ हाँस्या ब्याङ्ग्या कलाकार मदन कृष्ण श्रेष्ठले निकाल्नु भएको चि।न।(००२३ अनुसार दोङ्देमुन स्थित माया मार्टका संचालक भिम गुरूङले आई फोन सिक्स् प्लस प्राप्त गर्न सफल भएको छ।
दोस्रो पुरूस्कारका लािग अर्का बरिष्ठ हाँस्या(ब्याङ्ग्या कलाकार हरिबंश आचार्यले निकाल्नु भएको चि।न।(०८१० अनुसार ल्यापटप कम्प्युटर राज डंगोलले प्राप्त गर्न सफल भएको छ भने तेस्रो पुरूस्कारका लागि आधुनिक पप् गायिका रजिना रिमाल र उद्घोषिका एवं नायीका छुल्टिम गुरूङले निकाल्नु भएको क्रमशस्चि।
न।(०८९२ जुनु गुरूङ,०७०३ बिनोद गुरूङ र ०४२४ कृष्ण खड्काले १र१ थान सोलार लाईट प्राप्त गर्न सफल भएका छन्।उक्त भाग्याशाली चिट््ठाका नतिजा अनुसारको पुरूस्कारहरू परिवारका अध्यक्ष ईश्वर गुरूङले प्रदान गरेका थिए भने कार्यक्रम संचालन महासचिब प्रितम गुरूङले गरेका थिए।
त्यसैगरि चिट््ठा कार्यक्रम सफल बनाउन सहयोग गरेका कोरियाका बिभिन्न संघ संस्था र चिट््ठा लिई सहयोग गर्नु भएका सबै नेपाली दाजु(भाई तथा दिदी(बहिनीहरूलाई नेपाल बौद्ध परिवारले हार्दिक धन्यबाद ज्ञापन गरेको छ।यसैबिच परिवारको आयोजनामा प्रत्येक महिनाको पहिलो आईतबार दोसन्सा गुम्बामा हुने बौद्ध मार्गी सम्बन्धी प्रवचन कार्यक्रम यसपाली भने यही मार्च १ तारिख आईतबारका दिन ईन्छन स्थित फोम्याङ्सा गुम्बामा हुने कुरा जानकारी दिएको छ। साथै सो प्रवचन कार्यक्रममा सहभागी भैदिनका लागि सम्पुर्ण बौद्ध धर्म अवलम्बी तथा ईच्छुक नेपाली दाजु भाई,दिदी बहिनीहरूमा अध्यक्ष ईश्वर गुरूङले अनुरोध गर्नु भएको छ।
मितिस् २०१५/ ०३/०१
समयस् तुङ्देमुन बाट १० बजे हिड्ने
स्थानस् फोम्याङ्सा गुम्बालय
0 comments
Write Down Your Responses