नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन कूल पारस खड्का बिहेको तयारीमा

काठमाडौँ : कलेजी रङ्गको कोटसँगै म्याचिङ टोपीमा सजिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘क्याप्टेन कूल’ पारस खड्का बुधबार होटल साङ्ग्रिलामा बेग्लै इनिङ्ग्समा व्यस्त थिए । लामो समयदेखिको प्रेम प्रसङ्गलाई टुङ्गोमा पुर्‍याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्र्याउँदैछन्। बुधबार स्वयंवर थियो ।

दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङ्ग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे । घ्यु रङ्गको लबेदा सुरुवालमा ठाँट्टिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका थिए । दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङ्गामा थिए।

0 comments

Write Down Your Responses