बिहे गर्छु भन्दै महिला प्राध्यापकसगँ लसपस गर्ने ख

भारत, आफूलाई ‘बिहे गर्ने शर्तमा बलात्कार’ गरेको भन्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी एक सहप्राध्यापकले दिएको उजुरीका आधारमा नेपाली विद्यार्थी प्रमोद जयसवाल जेल जान परेको छ । महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालतको आदेशमा उनलाई जेल चलान गरिएको हो।जयसवाल भारतको तिहाड जेल चलान भएका हुन् । उनीहरुबीच सहमतिमै यौन सम्बन्ध हुने गरेको र जयसवालको कोठामै ती सहप्राध्यापक यौन सम्बन्धका लागि जाने गरेको सहपाठीले बताएका छन् । बिहे गर्न दबाव दिएपछि आफू नेपाल फर्किन चाहेको भन्दै बिहे गर्न अस्वीकार गरेपछि बलात्कारको अभियोग लगाएको आरोप छ । यसअघि जयसवालले पनि आफूसँग बिहे गर्न ती महिला प्राध्यापकले अनावश्यक प्रपञ्च रचेको भन्दै विश्वविद्यालय प्रशासन समक्ष उजुरी दिइका थिए ।जयसवाल जेएनयुमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पीएचडी गर्दै थिए - See more at: http://www.newsabhiyan.com/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a5%87-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%9b%e0%a5%81-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%aa%e0%a5%8d/#sthash.agVczdnl.dpuf

0 comments

Write Down Your Responses